

-
काठमाडौँ । पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकाले १५ श्ययाको नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याएको छ । काठमाडौँ प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रगिरि नगरपालिकाको रु एक करोड र वाग्मती प्रदेश सरकारकोे रु एक करोड लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त अस्पताल सञ्चालनमा ल्याएको हो ।
चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरीले संविधानले प्रदान गरेको जनताले पाउनुपर्ने स्वास्थ्य सेवाको अधिकारलाई पूरा गर्न नगरपालिकाले नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । अस्पताल भवन साढे तीन तलाको छ । पन्ध्र वडा रहेको चन्द्रागिरिमा गाउँगाउँदेखिका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न र अस्पताल आवतजावतमा सहजताका लागि नगरस्तरीय एम्बुलेन्ससमेत खरिद प्रक्रियामा रहेको नगरप्रमुख गिरीले बताउनुभयो ।
एम्बुलेन्स खरिदका लागि चन्द्रागिरि नगरपालिकाले रु ४० लाख रकम विनियोजन गरेको छ । चन्द्रागिरि नगरस्तरीय अस्पतालमा बर्थिङ सेन्टरसमेत सञ्चालनमा आएको छ । यस्तै, नगरस्तरीय अस्पतालमा कार्यरत चिकित्सकको आवासका लागि रु एक करोड लागतमा आवासगृह निर्माण गर्न लागिएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो । उक्त अस्पतालमा चन्द्रागिरिका जनतामात्र नभई धादिङका विभिन्न गाउँका जनताले समेत स्वास्थ्य सेवा पाउने नगरपालिकाले जनाएको छ ।
नगरस्तरीय अस्पताल सञ्चालनका लागि आवश्यक इको मेसिन खरिदका लागि चन्द्रागिरिले चालू आर्थिक वर्षमा रु ३० लाख विनियोजनसमेत गरेको छ । चन्द्रागिरि नगर अस्पतालमा वार्षिक एक लाखभन्दा बढी जनताले स्वास्थ्य सेवा पाउनेछन् । क्षेत्रफलका आधारमा चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन ९, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



