

-
गलकोट । एचआइभी सङ्क्रमितले औषधि तथा परामर्श सेवा पाउन समेत समस्या भोग्दै आएका छन् । पर्वतकी एक महिलाले एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि विगत नौ वर्षदेखि एन्टीरेक्टो भाइरल ट्रिटेमेन्ट (एआरटी) सेवा लिँदै आउनुभएको छ ।
विभेद एवं लाञ्छनाबाट बच्न उहाँले बागलुङमा आएर औषधि तथा परामर्श लिन आउने गर्नुहुन्छ । परिवारको कमजोर आर्थिक अवस्थाका हुँदापनि सो स्थानमा आउन ऋणधन गर्नुपर्ने अवस्था रहेको छ । उहाँ भन्नुहुन्छ, “एचआइभी सङ्क्रमितलाई स्थानीय सरकारले स्थानीय तहमा सहयोग गर्नुपर्छ । ”
धौलागिरि अञ्चल अस्पतालमा सङ्क्रमितलाई निःशुल्क औषधि तथा परामर्श प्रदान गर्न एआरटी सेन्टर सञ्चालनमा रहेको छ । टाढाबाट औषधि उपचारका लागि सङ्क्रमित सदरमकुमा आउँदा धेरै खर्च हुने सेन्टरका प्रमुख प्रदीप आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ३९५ एचआइभी सङ्क्रमितले नियमित एआरटी औषधि लिइरहेका छन् । ती मध्ये २० बालबालिका छन् ।
अस्पतालमा उपचारका लागि सेवा लिन आउँदा आर्थिक अवस्था कमजोर भएका एवम् ग्रामीण भेगबाट आउन जान समस्या हुनेका लागि धौलागिरि पोजेटिभ समूहले निःशुल्क खान बस्नको व्यवस्था गर्दै आएको छ । सङ्क्रमित बालबालिकालाई विभिन्न निकायको सहयोगमा संस्थाले संरक्षित भत्ता प्रदान गर्दै आएको छ ।
केही समयअघि मात्रै सङ्क्रमित भएको पत्ता लागे पछि धौलागिरि पोजेटिभ समूहको आश्रयमा बस्दै आएकी अर्की एचआइभी सङ्क्रमितले समाजले गर्ने विभेदबाट माथि उठेर संस्थाले गरेको सहयोगले आंशिक भए पनि राहत भएको बताउनुभयो । उहाँले यातयात खर्च जुटाउन नसक्दा औषधि तथा परामर्श लिन आउन समस्या हुने गरेको भए पनि खाना तथा बस्नको व्यवस्थाले केही सहज भएको जानकारी दिनुभयो ।
समूहले सङ्क्रमितका लागि लक्षित गरी सञ्चालन गरेको हेरचाह केन्द्र पनि बजेट अभावका कारण सङ्कटमा परेको जनाएको छ । मासिकरुपमा यहाँ झण्डै ४० जना सङ्क्रमितले आश्रय लिने गरेका भएपनी आवश्यक बजेटको जोहो गर्न नसक्दा हेचाह केन्द्र चलाउन समस्या भएको छ । विभिन्न सहयोगी निकायबाट आउने रकमको समय अवधि समाप्त भएको र स्थानीय निकायले एचआइभी सङ्क्रमितका लागि त्यति ध्यान नदिएका कारण सङ्क्रमितलाई खाना बस्नको व्यवस्था गर्नसमेत कठिन हुन थालेको समूहका अध्यक्ष चन्द्रबहादुर खत्रीले बताउनुभयो । केन्द्रमा सङ्क्रमितलाई खाना, बस्नका साथै मनोवैज्ञानिक परामर्श र जटिलता भएका सङ्क्रमित बिरामीलाई रेफर प्रदान गरिदै आएको उहाँले जानकारी दिनुभयो ।
पिछिल्लो समय सङ्क्रमित खुल्न थाले पनि उनीहरुले प्रयोग गर्ने औषधि तथा परामर्शकै लागि सदरमुकाम धाउँदा धेरै खर्च गर्नुपर्ने भएको हो । अशिक्षा, भौगोलिक विकटतालगायतका कारण अझै पनि ग्रामीण भेगका सङ्क्रमित विद्युत् उपचारबाट वञ्चित भएका छन् । अहिले सङ्क्रमितलाई सरकारले निःशुल्क औषधि वितरण र निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको भए पनि पर्याप्त नभएको उनीहरुको गुनासो रहेको छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



