

-
धनगढी । ‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा आजदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको उद्घाटन खेलमा वाग्मती क्लब सिराहा र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई रु २१ लाख एक तथा उपविजेतालाई रु १० लाख एक सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितको आयोजनामा रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एकमात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
विद्यालयमा तेक्वान्दो अनिवार्यधनगढी उपमहानगरपालिकाका सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षणलाई अनिवार्य गरिने भएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र नेपाल तेक्वान्दो सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदीप थापाबीच तेक्वान्दो खेललाई विद्यालयमा अनिवार्य गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा तेक्वान्दो खेलको विकासको लागि कोरियाको तेक्वान्दो प्रमोशन फाउण्डेशनले इच्छा व्यक्त गर्दै सहयोग पनि पुर्याउन लागेकाले विद्यालय तहमा तेक्वान्दो अनिवार्य गर्न पहल गरिएको उपमहानगरपालिकाका प्रमुख वडले जानकारीदिनुभयो ।
हालै नगरप्रमुख वड, नेपाल तेक्वान्दो सङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रदीप थापा, धनगढी क्रिकेट ऐकेडेमीका अध्यक्ष सुवाष शाही र कैलाली जिल्ला फुटबल सङ्घका अध्यक्ष मोहित शाह कोरिया भ्रमणमा गर्नुभएको थियो । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२



