-
धनगढी । ‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा आजदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको उद्घाटन खेलमा वाग्मती क्लब सिराहा र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई रु २१ लाख एक तथा उपविजेतालाई रु १० लाख एक सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितको आयोजनामा रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एकमात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
विद्यालयमा तेक्वान्दो अनिवार्यधनगढी उपमहानगरपालिकाका सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षणलाई अनिवार्य गरिने भएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र नेपाल तेक्वान्दो सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदीप थापाबीच तेक्वान्दो खेललाई विद्यालयमा अनिवार्य गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा तेक्वान्दो खेलको विकासको लागि कोरियाको तेक्वान्दो प्रमोशन फाउण्डेशनले इच्छा व्यक्त गर्दै सहयोग पनि पुर्याउन लागेकाले विद्यालय तहमा तेक्वान्दो अनिवार्य गर्न पहल गरिएको उपमहानगरपालिकाका प्रमुख वडले जानकारीदिनुभयो ।
हालै नगरप्रमुख वड, नेपाल तेक्वान्दो सङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रदीप थापा, धनगढी क्रिकेट ऐकेडेमीका अध्यक्ष सुवाष शाही र कैलाली जिल्ला फुटबल सङ्घका अध्यक्ष मोहित शाह कोरिया भ्रमणमा गर्नुभएको थियो । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन ९, २०७६
सम्बन्धित शीर्षकहरु
एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
बुधबार, माघ २, २०८१वालिङलाई हराउँदै बाग्मती युथको पहिलो जीत
शुक्रबार, पुस २६, २०८१इन्डो–नेपाल भलिबलको उपाधि आर्मीले जित्यो
बिहिबार, पुस २५, २०८१एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
मङ्लबार, पुस २३, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१