-
विराटनगर । प्राणघातक रोग दादुरा रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा प्रदेश सरकारमा सक्रिय सहभागिता जनाएको छ ।
दादुरा रुबेलाको कारण मानिसको ज्यान जान सक्ने र पोलियोका कारण मानिस अपाङ हुने भएकाले नै यो अभियान प्रदेश नं १ को सरकारले आजबाट शुरु गरेको हो । यो अभियानले कुनै बालबालिका छुट्न नहुने र नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला र जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियो खोप अभियान सञ्चालनमा ल्याएको छ ।
यसअन्तर्गत प्रदेशभरिमा दादुरा रुबेला चार लाख २७ हजार १२ बालबालिकालाई र पोलियो तीन लाख पाँच हजार ३४२ बालबालिकालाई दुई चरणमा खुवाउने स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिनुभयो । उहाँले यसका लागि आठ हजार १५२ खोप केन्द्र, त्यति नै सङ्ख्यामा स्वास्थ्यकर्मी र १६ हजार ३०४ स्वयंसेवक परिचालन हुने जानकारी दिनुभयो । मोरङमा दादुरा रुबेला ९२ हजार ८०५ जनालाई र पोलियो एक लाख नौ हजार ९२९ जनालाई खुवाउने र यसका लागि खोप केन्द्र ९००, स्वयंसेवक एक हजार ८०० र स्वास्थ्यकर्मी ९०० परिचालन गर्ने स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
मोरङमा यो अभियान दुई चरणको कार्यक्रमअनुसार आठ स्थानीय तहलाई आजदेखि १४ गतेसम्म र दोस्रो चरणमा नौ स्थानीय तहलाई फागुन १६ देखि २४ गतेसम्म चल्ने बताइएको छ । पोलियो सुनसरी, मोरङ र झापामा मात्र खुवाउने कार्यक्रम छ ।
प्रदेश नं १ को सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज मोरङको कटहरीमा स्थानीय दुई वर्ष चार महिनाकी बालिका नित्या साहलाई पोलियो थोपा खुवाउँदै दादुरा रुबेला खोप अभियान तथा नियमित खोप कार्यक्रम–२०७६ को शुभारम्भ गर्नुभयो ।
मन्त्री घिमिरेले भविष्यका कर्णधार बालबालिकालाई रोगमुक्त गर्न यो अभियान सञ्चालन भएको र यसलाई सफल बनाउन जनप्रतिनिधिले साथ दिनुपर्ने बताउनुभयो । स्वास्थ्य विभाग परिवार कल्याण महाशाखाका भरत भण्डारी, कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले पनि यो अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन ६, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१