

-
भद्रपुर । झापाको मेचीनगर नगरपालिका–९ धुलाबारीमा खोलिएको जैन होमियोपेथिक चिकित्सालयले २५ वर्ष अघिदेखि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
जैन तेरापन्थ युवक परिषद्ले गरिबदुःखी बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य राखी सो सेवा शुरु गरेको थियो । जुन सेवा आज पनि निरन्तर चलिरहेको छ । मारवाडी समुदायको युवा सङ्गठन जैन तेरापन्थ मेचीनगरको धुलाबारीस्थित अतिथि सदनमा दुई कोठा भाडामा लिएर निःशुल्क सेवा दिइँदै आएको छ ।
‘मानवीय सेवा नै धर्म हो’ होमियोपेथिक चिकित्सालय सञ्चालन समितिका संयोजक पवन बोथराले भन्नुभयो, “अहिले पनि पैसा नभएर धेरै मानिस स्वास्थ्य उपचार गर्न सकिरहेका छैनन् । उनीहरुलाई नै लक्षित गरेर सेवा शुरु गरेका हौँ ।” हप्ताको दुई दिन सोमबार र शुक्रबार बिहान ७ः३० देखि ११ः०० बजेसम्म मात्रै सेवा दिइने संस्थामा होमियोपेथिक वैद्य केएल राजवंशी बसेर बिरामीको स्वास्थ्य चेकजाँच गर्ने, औषधिको नाम र खाने तरिका सिकाउने काम गर्नुहुन्छ ।
निःशुल्क सेवा दिने उद्देश्यले खोलिएको चिकित्सालय सञ्चालनका लागि परिषद्ले मारवाडी तथा अन्य समुदायबाट आर्थिक सहयोग सङ्कलन गर्दै आएको छ । सहयोगबाट आएको रकमले नै चिकित्सकको टोलीलाई पारिश्रमिक, औषधि खरिद गर्ने तथा कोठा भाडा तिर्ने गरिएको संयोजक बोथराले बताउनुभयो । चिकित्सालय सञ्चालनमा वार्षिक रु चार लाख खर्च हुने गरेको छ ।
चिकित्सालय शुरु गर्दाको समयमा रु १० मा टिकट लिइन्थ्यो । अहिले बढाएर रु २० बनाइएको छ । टिकट काटेपछि स्वास्थ्य जाँच र औषधि निःशुल्क लिन पाइन्छ । हालसम्ममा जैन होमियोपेथिक चिकित्सालयबाट हालसम्म दुई लाख ५० हजारले सेवा लिइसकेका छन् । यहाँ सेवा लिनका लागि नेपालका काठमाडौँ, ताप्लेजुङ, इलाम, इटहरी तथा भारतको सिलिगुडी, दार्जीलिङलगायत क्षेत्रका बिरामीले विशेषगरी ग्यास्ट्रिक, मधुमेह, थाइराइड, अल्सर, प्रेसर, बाथलगायत रोगको नियमित सेवा लिइरहेका वैद्य राजवंशीले बताउनुभयो । रासस
News Desk 0 response सोमवार, फाल्गुन ५, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



