

-
काठमाडौँ । आगामी चैत दोस्रो साता बङ्गलादेशमा हुने भनिएको एशियन भलिबल कन्फडेरेशन (एभिसी) ‘सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता’ छ महिना पछाडि सरेको छ । सो प्रतियोगिता अब आगामी भदौ तेस्रो साता हुने भएको छ ।
आयोजक बङ्गलादेश भलिबल सङ्घले कोरोना भाइरसका कारण खेलको मिति परिवर्तन गरेको बताइएको छ । प्रतियोगिताको समय परिवर्तन भएपछि हाल सञ्चालित बन्द प्रशिक्षण स्थगित गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । “हाललाई बन्द प्रशिक्षण स्थगित गरेका छौँ, आर्थिक अवस्थाका कारण लामो समयसम्म प्रशिक्षण सञ्चालन गर्न सकिँदैन”, उहाँले भन्नुभयो ।
प्रतियोगिताको दुई महिनाअघि पुनः बन्द प्रशिक्षणको आयोजना गरिने महासचिव चन्दले बताउनुभयो । सङ्घले आजदेखि शुरु हुने बन्द प्रशिक्षणका लागि १८ खेलाडीलाई बोलाएको थियो । सङ्घले उक्त च्याम्पियनशिपका लागि हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा खेलेका १३ खेलाडी तथा अन्य पाँच खेलाडीसहित प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।
सेन्ट्रल जोन भलिबलका लागि इम राना (कप्तान), विनोद चन्द, नरेन्द्र गिरी, राजेन्द्र विष्ट, धनबहादुर भट्ट, टेकराज अवस्थी, दीपकराज जोशी, ईश्वर थापामगर, विशाल विक, हरि अधिकारी, हरिहजुर थापा, शरण क्षेत्री, दुर्गा खड्का, द्वारिका थापा, राजु शेरचन, दुर्गा महतो, दीपक राज र कुलबहादुर थापालाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको थियो ।
“बङ्गलादेश भलिबल सङ्घले प्रतियोगिता सरेको जानकारी गराएपछि हाललाई प्रशिक्षण रोक्नु परेको हो”, नेपाली भलिबल टोलीका प्रशिक्षक जगदीशप्रसाद भट्टले भन्नुभयो, “खेलाडीले आ–आफ्नो क्लबमा अभ्यास जारी राख्नेछन् ।” उक्त प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, अफगानिस्तान, तुर्किमिनिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, मालदिभ्सलगायत देशको सहभागिता रहनेछ । रासस
News Desk 0 response आइतवार, फाल्गुन ४, २०७६


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत, कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो
बिहिबार, चैत्र ६, २०८१-
सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
शुक्रबार, चैत्र ७, २०८१ -
आज मेघगर्जन र चट्यासहितको पानी पर्ने सम्भावना
शुक्रबार, चैत्र ७, २०८१ -
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
जापान आठौंपल्ट विश्वकपमा छनोट
शुक्रबार, चैत्र ७, २०८१ -
अमेरिकामा सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी
शुक्रबार, चैत्र ७, २०८१
-
सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
शुक्रबार, चैत्र ७, २०८१ -
आज मेघगर्जन र चट्यासहितको पानी पर्ने सम्भावना
शुक्रबार, चैत्र ७, २०८१ -
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१