

-
कास्की । अन्तरराष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ) को विश्व वरियता जुनियर यु–१८ टेनिस प्रतियोगितामा नेपाली खेलाडीले पहिलोपटक उपाधि जित्न सफल भएका छन् । नेपालका प्रेरणा कोइरालाले यु–१८ सर्किट दुईको प्रतिष्पर्धामा महिला एकलतर्फ उपाधि जित्न सफल हुनुभयो ।
कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा अन्तरराष्ट्रिय टेनिस महासङ्घको समन्वयमा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा माघ २७ गतेदेखि शुरु भएको प्रतियोगिताको आज सम्पन्न अन्तिम खेलमा नेपालको राष्ट्रिय वरियतामा शीर्ष स्थानमा रहनुभएका कोइरालाले नेपालकै अभिलाषा विष्टलाई ६–२, ६–७ (४), ६–१ को सेटमा पराजित गर्दै महत्वपूर्ण ३० अङ्क जोड्न सफल हुनुभयो ।
कोइरालाले भारतीय खेलाडी गर्जी पावर र विष्टले सिङ्गापुरका डेन्ना चोलाइ सेमिफाइनलमा पराजित गर्दै पहिलोपटक फाइनलमा स्थान पक्का गर्न सफल हुनुभएको थियो । त्यसैगरी पुरुष एकलतर्फ भारतका अमन धहियाले उपाधि हासिल गर्नुभयो । पुरुषतर्फ उहाँले भारतकै सिद्धार्थ जैसविनलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरी उपाधि ३० अङ्क प्राप्त गर्नुभएको हो ।
त्यसैगरी महिला र पुरुष डवल्सतर्फको दुवै विधामा भारतीय खेलाडीहरुले उपाधि जित्न सफल हुनुभयो । पुरुषतर्फ आदित्य रोय र जस्विन टिडानाको जोडीले अमनलइया र हिरक बोहोराको जोडीलाई ६–३ र ६–३ को समान सेटमा पराजित गरी उपाधि हासिल गर्नुभयो । महिलातर्फ भारतका रिया अभेजा र एरिका कन्हागीको जोडीले उदय शाह र गारगी पावरको जोडी माथि २–६, ६–४ र १२–१० को सेटमा जित हासिल गर्नुभयो ।
प्रतियोगितामा विभिन्न ११ देशका पुरुष ३२ र महिला ३२ गरी ६४ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए । विजेता खेलाडीहरुलाई नेपाल टेनिस सङ्घका अध्यक्ष ज्योति राणा, उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक एवं कास्की जिल्ला टेनिस सङ्घका सल्लाहकार सूर्य भुजेललगायतले पुरस्कार वितरण गर्नुभएको थियो । रासस
News Desk 0 response शनिबार, फाल्गुन ३, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



