-
काठमाडौँ । प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् । नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरे ।
होमलालले साविक विजेता सेनाकै जमदार कृष्ण बस्नेतलाई पछि पार्दै रु एक लाख २५ हजार तथा मोटरसाइकल पुरस्कार प्राप्त गरे । दोस्रो भएका कृष्णले उक्त दूरी दुई घण्टा २३ मिनेट ४९ सेकेण्डमा पूरा गरी रु ६५ हजार तथा तेस्रो भएका सेनाका प्यूठ नवराज साउदले दुई घण्टा २९ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरी रु ३५ हजार पुरस्कार प्राप्त गरे । यस्तै सेनाका अमल्दार ज्ञानप्रसाद भट्टराई र जमदार वेद सुनवार चौथो तथा पाँचौ हुँदै क्रमशः रु २५ हजार र रु १५ हजार प्राप्त गरे ।
यसैगरी सेनाका अमलदार मोहनदेव जोशी, सिपाही जुनेश खड्का, सिपाही भूमिराज राई, अमलदार विनोद सिजापति र सिपाही निरजसिंह मडै क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ भए । उनीहरुले क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुरस्कार प्राप्त गरे । म्याराथनको पहिलो संस्करणको उपाधि नेपाल पुलिसका भूमिराज राई, दोस्रो संस्करणको उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की तथा तेस्रो र चौथो संस्करणको उपाधि सेनाकै कृष्ण बस्नेतले जितेका थिए ।
यस्तै पुरुष हाफ म्याराथनको उपाधि भारतीय सेनाका तीर्थ पुनले जिते । उनले २१ किलोमिटर दूरी एक घण्टा पाँच मिनेट पाँच सेकेण्डमा पूरा गरे । सेनाका खगेन्द्र भाटले एक घण्टा पाँच मिनेट ५८ सेकेण्डमा सो दूरी पूरा गरी दोस्रो तथा सेनाकै दीपक अधिकारीले एक घण्टा सात मिनेट दुई सेकेण्डमा उक्त दूरी पूरा गर्दै तेस्रो भए ।
महिलातर्फको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन् । उनले निर्धारित दूरी एक घण्टा १७ मिनेट आठ सेकेण्डमा पूरा गरिन् । यस्तै नेपाल पुलिसकी राजपुरा पछार्इंले उक्त दूरी एक घण्टा १८ मिनेट ३७ सेकेण्ड तथा सेनाकी विश्वरुपा बुढाले एक घण्टा २० मिनेट २२ सेकेण्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए । हाफ म्याराथनमा पुरुष र महिला दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार प्राप्त गरे ।
यसैगरी हाफ म्याराथनको ४५ वर्षभन्दा बढी उमेरतर्फ धर्म महर्जनले उपाधि जिते । सो स्पर्धामा भीमबहादुर गुरुङ दोस्रो तथा भीमसेन अवाले तेस्रो भए । उनीहरुले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गरे । दश किलोमिटर दौड सैनिक सहचारी पुरुषतर्फ भूपेन्द्रसिंह रावत पहिलो, दिनेश घले दोस्रो तथा दुरा इमुरुगन तेस्रो भए ।
यस्तै १० किमी दौड अधिकृत पुरुषतर्फ सहसेनानी नवराज थापा पहिलो, सहसेनानी अजयजङ्ग सुवेदी दोस्रो तथा सेनानी चन्द्रबहादुर थापा तेस्रो भए । दश किमी दौड अधिकृत महिलातर्फ सहसेनानी देवी पुन, सहसेनानी रश्मिला अर्याल र उपसेनानी सीता कुवँर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।
पाँच किमी दौड छात्रतर्फ सैनिक आवसीय महाविद्यालयका ईश्वरचन्द्र बस्नेत पहिलो भए । सोही विद्यालयका प्रवीणराज अधिकारी दोस्रो तथा थापसी तिलिङटारका सविन राई तेस्रो भए । छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिरकी स्वेच्छा बलामी मगर पहिलो, सोही स्कूलकी सुनिता श्रेष्ठ दोस्रो तथा विजेश्वरीकै रचना राना मगर तेस्रो भइन् । उनीहरुले क्रमशः १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे । रासस
News Desk 0 response शनिबार, फाल्गुन ३, २०७६
सम्बन्धित शीर्षकहरु
वालिङलाई हराउँदै बाग्मती युथको पहिलो जीत
शुक्रबार, पुस २६, २०८१इन्डो–नेपाल भलिबलको उपाधि आर्मीले जित्यो
बिहिबार, पुस २५, २०८१एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
मङ्लबार, पुस २३, २०८१इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल दोस्रो स्थानमा
बिहिबार, पुस १८, २०८१-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१