-
मान्म । कर्णालीमा जन्म र मृत्युमा निःशुल्क २० किलो चामल दिने कार्यक्रम प्रभावकारी हुँदै गएको छ । विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसद्मा ४८ बुँदे कार्यक्रम प्रस्तुत गर्दै बुँदा नं २७ मा कर्णाली क्षेत्रमा जन्म र मृत्युमा प्रतिपरिवार निःशुल्क चामल दिने घोषणा गर्नुभएको थियो ।
तत्कालीन अवस्थामा निकै विरोध भएको जन्म र मृत्युमा चामल दिने कार्यक्रम अहिले भने निकै प्रभावकारी बन्दै गएको छ । कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोटमा जन्म र मृत्यु हुँदा चामलसहित ढुवानी खर्चवापत रु एक हजार दिने गरिएको छ । कालिकोटका जन्म र मृत्युमा चामल लिनेको सङ्ख्या निकै बढी रहेको छ । कर्णालीका अन्य जिल्लाभन्दा जनसङ्ख्या पनि बढी भएका कारणले त्यहाँ चामल लिनेको सङ्ख्या बढी रहेको खाद्य संस्थान शाखा कार्यालय कालिकोटले जनाएको छ ।
कालिकोटमा चालू आर्थिक वर्षका सात महिनामा जन्मवापत १९० क्विन्टल २० किलो, मृत्युपश्चात ८१ क्विन्टल ८० किलो चामल गएको र त्यसवापतको रु २१ लाख दुई हजार २०० खर्च भएको खाद्य संस्थान शाखा कार्यालय कालिकोटका प्रबन्धक निर्मलकुमार थापाले बताउनुभयो । आव २०७५/७६ मा जन्म, मृत्युमा २७० क्विन्टल चामल गएको र रु २७ लाख १५ हजार ७१० खर्च भएको प्रबन्धक थापाले बताउनुभयो । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन २, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१