-
झिमरुक । ऐरावती गाउँपालिका–४ धुवाङ स्वास्थ्यचौकीमा टेलिमेडिसिनमार्फत दिइने सेवा प्रभावकारी बन्दै गएको छ । गत कात्तिकको पहिलो हप्ताबाट शुरु भएको यो सेवा प्रभावकारी बन्दै गएको हो । यो साता स्वास्थ्य टेलिमेडिसिन स्वास्थ्य सेवा कार्यक्रममा २५ बिरामीले स्वास्थ्य सेवा लिएका छन् । ऐरावती गाउँपालिकाका विभिन्न वडा र छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकलाई स्वास्थ्य सेवा दिइएको हो ।
मानसिक रोगका २५ बिरामीलाई प्रत्यक्ष भिडियोमार्फत परामर्श दिनुका साथै रोगको पहिचान गरेर औषधिसमेत प्रदान गरिएको स्वास्थ्यचौकीका इन्चार्ज बालगोपाल श्रेष्ठले बताउनुभयो । हाल माल्दिभ्सको मानसिक अस्पतालमा कार्यरत डा कञ्चन दाहालले बिरामीको भिडियोमार्फत स्वास्थ्य सेवा प्रदान गरेकोे इन्चार्ज श्रेष्ठले बताउनुभयो । चिकित्सकसँग यसरी प्रत्यक्ष सम्पर्क गरेर आफ्नो समस्या राख्न पाउँदा बिरामी निकै हर्षित भएको उहाँले बताउनुभयो ।
करीब छ वर्षपछि मानसिक रोग विशेषज्ञसँग प्रत्यक्ष स्वास्थ्य जाँच गराउनु ठूलो उपलब्धि रहेको उहाँले बताउनुभयो । जिल्लाका सात स्वास्थ्य संस्थामा यो कार्यक्रम सञ्चालनमा छ । बरौला स्वास्थ्य संस्थाले हाल (धुवाङ)बाट सञ्चालन गरिएको स्वास्थ्य सेवा नियमित र प्रभावकारी बन्दै गएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिरामी पूर्णरूपमा निको भएको र यस्तो सेवा आफ्नै घरदैलोमा पाउँदा बिरामी पनि खुशी भएका छन् । स्वास्थ्यका विभिन्न समस्या भएका र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई यो सेवाले समेट्दै गएको स्वास्थ्यचौकीका इन्चार्ज श्रेष्ठले बताउनुभयो । यो सेवाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै गएको उहाँले बताउनुभयो ।
प्रविधिको प्रयोगले विशेषज्ञ सेवा दूरदराजका बस्तीमा पुग्नुले प्रविधिको सही प्रयोग भएको आभास भएको इन्चार्ज श्रेष्ठले बताउनुभयो । फागुनको पहिलो हप्ताबाट स्वास्थ्यचौकीमा आफ्नै पहलमा ल्याव सेवासमेत प्रदान गरिने उहाँको भनाइ छ । एएसके फाउण्डेशनले नेपालका विभिन्न क्षेत्रमा यो सेवा सञ्चालन गरेको फाउण्डेशनका मेडिकल कोडिनेटर डा सरोज केसीले बताउनुभयो ।
आर्थिक स्थिति कमजोर भएर चिकित्सकको सेवाबाट वञ्चित भएकालाई चिकित्सकीय सेवा प्रदान गर्ने, सिफारिस गर्नुपर्ने भए पनि ठिक ठाउँमा सिफारिस गरेर बिरामीहरु अन्यत्र भौतारिने र धेरै पैसा खर्च हुनेबाट पनि राहत मिल्ने डा केसीको भनाइ रहेको छ । फाउण्डेशनले कालिकोटबाट शुरु गरेको यो सेवा हाल नेपालका सात स्थानमा सञ्चालन गरेको छ । विगत १० वर्षदेखि यस्तो सेवा प्रदान गरेकोसमेत डा केसीले बताउनुभयो । नियमित चिकित्सक, इन्टरनेटको सही उपयोग र औषधिले यो कार्यक्रम प्रभावकारी हुँदै गएको उहाँको भनाइ छ ।
यसैगरी ऐरावती गाउँपालिकाले पनि आम नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भनेर नियमितरूपमा औषधि उपलब्ध गराउँदै आएको छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन २, २०७६
सम्बन्धित शीर्षकहरु
शिविरले देखायो संसार : ११ वर्षपछि आँखा देख्न पाए दिदी-भाइले
आइतवार, मंसिर २३, २०८१कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको मृत्यु
बिहिबार, मंसिर २०, २०८१स्वास्थ्य मन्त्रालयद्वारा गुनासो सुनुवाइ समिति गठन
बुधबार, मंसिर १९, २०८१रामेछापमा आमा समूहले शुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
बिहिबार, मंसिर १३, २०८१-
मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन..
बुधबार, मंसिर २६, २०८१ -
दुर्गा प्रसाईंविरुद्द साइबर अपराधको मुद्दा दर्ता
बुधबार, मंसिर २६, २०८१ -
शेयर बजार बाउन्सब्याक, नेप्से अङ्कले बढेर २७..
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंसँगको हारपछि लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
बुधबार, मंसिर २६, २०८१ -
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१
-
मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन..
बुधबार, मंसिर २६, २०८१ -
दुर्गा प्रसाईंविरुद्द साइबर अपराधको मुद्दा दर्ता
बुधबार, मंसिर २६, २०८१ -
शेयर बजार बाउन्सब्याक, नेप्से अङ्कले बढेर २७..
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंसँगको हारपछि लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
बुधबार, मंसिर २६, २०८१ -
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१
-
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै
सोमवार, मंसिर १७, २०८१ -
नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क..
मङ्लबार, मंसिर २५, २०८१ -
एमालेको कार्यवाहक अध्यक्ष बने ईश्वर पोखरेल
सोमवार, मंसिर १७, २०८१ -
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा विराटनगर..
बुधबार, मंसिर १९, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१