

-
कास्की । नेपालका प्रेरणा कोइराला र अभिलाषा विष्ट पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन(आइटिएफ)को जुनियर यु–१८ टेनिस प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गर्नुभएको छ । जिल्ला टेनिस सङ्घको आयोजना तथा अन्तर्राष्ट्रिय टेनिस महासङ्घको समन्वयमा माघ २७ गतेदेखि पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भइरहेको प्रतियोगिताको बिहीबार भएको महिला एकलतर्फको प्रतिस्पर्धामा कोइरालाले नेपालकै सलोनी तामाङलाई ७–५ र ६–४ को सेटमा जीत निकाल्दै सेमिफाइनल प्रवेश गर्नुभएको हो ।
त्यसैगरी जापानका अओका नागासावालाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गर्दै विष्टले अन्तिम चारको यात्रा तय गर्नुभयो । भारतीय खेलाडी गर्गी परवरले चिनियाँ खेलाडी सुहाङ लियाङलाई ६–२ र ६–२ को सेटमा पराजित गर्दै सेमि फाइनलमा स्थान सुरक्षित गर्नुभयो । सिङ्गापुरका डिने चोले चीनका हुवाई चाङलाई ७–५ र ६–२ को सेटमा पराजित गर्नुभएको थियो । पुरुष एकलतर्फको प्रतिस्पर्धामा भारतका जस्मिनी सिधानाले भारतकै टोरस रावतलाई ६–२ र ६–१ को सेटमा पराजित गरी जीत हासिल गर्नुभयो भने भारतका कृष्ण होडाले जापानका साटोरु नाकाजिमा माथि जीत हासिल गर्नुभयो ।
जापानका शोगो साण्डाले भारतीय खेलाडी आर्यन लक्ष्मणलाई ६–७(४), ६–०, ६–४ को सेटले पराजित गर्नुभयो । भारतका अमन दहियाले जर्मनका पउल अर्मिन एलब्रक्टमाथि ६–३ को समान सेटमा जीत हासिल गर्नुभयो । महिला डवल्सतर्फ भारतका गर्गी परवर र हृदय शाको जोडीले मलेसियन हुई इलसो र नेपाली खेलाडी सलोनी तामाङको जोडीलाई ६–४ र ६–३ को पराजित गर्न सफल हुनुभयो ।
हङकङका इरिका कान्न हगी र भारतका रिया उबोभेजाको जोडीले नेपाली खेलाडी अभिलाषा विष्ट र इरा मेहेरनिसा रावतको जोडीलाई ६–३, ६–२ को सेटमा पराजित गर्नुभएको प्रतियोगिता संयोजक सूर्य भुजेलले जानकारी दिनुभयो । पुरुष डवल्सतर्फ भारतका अदिय बरदान रोय चौधरी र जैस्मिन सिधानाको जोडी र भारतकै अमन दहिया र हीरक भोराको जोडीबीच फाइनलमा प्रतिष्पर्धा हुने बताइन्छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन २, २०७६


सम्बन्धित शीर्षकहरु

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै
आइतवार, चैत्र ३०, २०८१-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२