

-
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बुधबार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४३८ जना स्थानीय लाभान्वित भएका छन् ।
कर्मफलाइटस् फाउण्डेसन नेपाल पोखरा र बकेट अफ लभको आयोजना, वडा कार्यालय र जटायु संरक्षण तथा गौरक्ष केन्द्रको सहआयोजना तथा अमेरिकन इगल फाण्डेशनको प्राविधिक सहयोगमा भएको शिविरमा घरआँगनमा विशेषज्ञ चिकित्सकबाट आफूले चाहेको सेवा लिन पाउँदा वृद्धवृद्धादेखि बालबालिकासम्म खुशी भएका थिए ।
शिविरमा १४० जनाले महिला तथा प्रसूति रोगसम्बन्धी जाँच गराएका थिए । त्यसैगरी २०० जनाको मधुमेहको परीक्षण गरिएको तथा अन्यले भिडियो एक्स–रे तथा पेट छातीको उपचार सेवा प्राप्त गरेको सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्सालले जानकारी दिनुभयो ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा सरिता गुरुङ, पेट तथा छाती रोग विशेषज्ञ डा सन्दीप गुप्ता, जनरल फिजिसियन डा विकेक कँडेल तथा मधुमेह रोगका विशेषज्ञ डा मारिया डेनिडिप्टी लगायतले सेवाग्राहीको स्वास्थ्य जाँच गरी परामर्श दिनुभएको थियो ।
भिडियो एक्स–रे, हाडर्जोनी तथा नशा रोग, महिला तथा प्रसूति रोगसम्बन्धी उपचार, पेट, छाती तथा बालरोग, मधुमेहको रक्त परीक्षणका साथै सामान्य घाउचोटको उपचार सेवा शिविरमा प्रदान गरिएको थियो । घाचोक स्वास्थ्य चौकीको व्यवस्थापनमा सञ्चालन भएको शिविरमा रु तीन लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको वडाध्यक्ष लम्सालले जानकारी दिनुभयो । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १, २०७६


सम्बन्धित शीर्षकहरु

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न मन्त्रालयको आग्रह
बिहिबार, फाल्गुन १५, २०८१-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
सोमवार, चैत्र १०, २०८१ -
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा..
सोमवार, चैत्र १०, २०८१ -
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
सोमवार, चैत्र १०, २०८१ -
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा..
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१