-
बैतडी । बैतडीका तीनवटा स्थानीय तहमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको हो ।
ती स्थानीय तहमा रहेका ज्येष्ठ नागरिकका घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । सो कार्यक्रम सञ्चालन हुने पालिकामा एकजना हेल्थ असिष्टेन्ट तथा स्टाफ नर्सले सेवा दिने जनाइएको छ । उहाँले भन्नुभयो, “कार्यक्रम सञ्चालन भएका पालिकाको एउटा स्वास्थ्य संस्थालाई केन्द्र बनाएर सोही ठाउँबाट ज्येष्ठ नागरिकका लागि औषधि वितरण गरिनेछ ।”
कार्यक्रमअन्तर्गत उपचारात्मक सेवाका साथै ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान केन्द्रित गराउन पैरवी, छलफल पनि सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउन सहयोग मिल्ने विश्वास गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यस जिल्ला सहित प्रदेशका नौवटै जिल्लाका २९ स्थानीय तहमा सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३