

-
काठमाडौँ । पन्ध्रौँ संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा आज भएको लिगको अन्तिम खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० सेटले पराजित गरेको हो ।
एपीएफ लगातार दोस्रो वर्ष सो प्रतियोगिताको च्याम्पियन बनेको हो । एपीएफले पुलिसलाई २५–२१, २५–२१ तथा २५–१९ अङ्कले पराजित ग¥यो । चौध खेलमा ४१ अङ्क बनाउँदै एपीएफ विजेता बनेको हो । यस्तै १४ खेलमा ३९ अङ्क जोडेको पुलिस उपविजेता बन्यो । उपाधिसँगै एपीएफले रु चार लाख पाँच हजार तथा उपविजेता पुलिसले रु दुई लाख पाँच हजार पुरस्कार प्राप्त ग¥यो ।
लिगमा आर्मी क्लब तेस्रो तथा न्यु डायमण्ड स्पोर्टस् क्लब चौथो भयो । आर्मीले रु एक लाख पाँच हजार तथा डायमण्डले रु ७५ हजार पुरस्कार जितेको छ । तेस्रो स्थानका लागि आज भएको खेलमा आर्मीले न्यु डायमण्डलाई २५–२१, २५–१४ तथा २५–१४ अङ्कले पराजित गरेको थियो । लिगमा पाँचौँ भएको चितवन टाइगर्सले रु ५५ हजार तथा छैटौँ भएको बुलबुल राराले रु ४५ हजार पुरस्कार प्राप्त गर्यो । ढोरपाटन स्पोर्टस् क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १० टोलीले भाग लिएका थिए ।
आर्मीकी सोफिया सर्वोकृष्ट खेलाडी
पन्ध्रौँ संस्करणको ढोरपाटन डबल लिग महिला भलिबलमा त्रिभुवन आर्मीकी सोफिया पुन सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले एक थान स्कुटर प्राप्त गरिन् । यस्तै न्यु डायमण्ड स्पोर्टस् क्लबकी सलिना श्रेष्ठ ‘प्लेयर अफ दी इयर’ पुरस्कार प्राप्त गरिन् । उनले पनि पुरस्कारस्वरुप एक थान स्कुटर प्राप्त गरिन् ।नेपाल पुलिस क्लबकी उषा भण्डारीले उदीयमान खेलाडी तथा एपिएफकी बिनिता बुढाथोकीले ‘ग्रेट एचिभमेन्ट अवार्ड’ प्राप्त गरिन् । दुवै जनाले एक÷एक थान स्कुटर प्राप्त गरे । प्रतियोगिताका भाग्यशाली दर्शक अनिल बुढाथोकीले समेत एक थान मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे ।
यसैगरी एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपीएफकै महेश चौधरी उत्कृष्ट प्रशिक्षक, न्यु डायमण्डकी अरुणा शाही उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ट सर्भर तथा पुलिसकै शान्तिकला तामाङ उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरुले जनही रु सात हजार पुरस्कार प्राप्त गरे । विजेता खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए । रासस
News Desk 0 response बुधबार, माघ २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३



