

-
काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा र जावलाखेल युथ क्लब बीचको खेल बराबरीमा समाप्त भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज सम्पन्न खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको पहिलो हाफ सकिँदा १० खेलाडीमा सीमित जावलाखेलविरुद्ध शेर्पाले ३–१ को अग्रता बनाएको थियो तर खेलको दोस्रो हाफमा जाउलाखेलले दुई गोल थप्दै खेललाई तीन–तीन गोलको बराबरीको स्थितिमा पु¥यायो ।
खेलको पाँचौँ मिनेटमा स्टेफेन समिरले गोल गर्दै शेर्पालाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २६औँ मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई दोस्रो अग्रता दिलाए । खेलको ३५औँ मिनेटमा जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा समेटिएको हो । काउन्टरमा आएको बललाई डिबक्सबाहिर समातेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले अरुणलाई सिधै रातो कार्ड दिएका थिए ।
त्यस्तै खेलको पहिलो हाफको अत्तिरिक्त समयमा जावलाखेलका खेलाडी कुबेर बिष्टले गोल गर्दै खेल २–१ मा ल्याए । त्यसको केही समयपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पालाई ३–१ को अग्रता दिलाए । खेलको ६०औँ मिनेटमा जाउलाखेलका फोडे फोफानाले एक गोल गरे भने अर्का खेलाडी रुपबहादुर लामाले एक गोल थपेपछि खेल तीन–तीन गोलको बराबरीमा टुङ्गियो ।
बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अङ्क जोडेको छ । जावलाखेल लिगको पाँचौँ स्थानमा रहेको छ । त्यस्तै समान खेल खेलेको हिमालयन शेर्पाले ११ अङ्क जोडेको छ । शेर्पा ११औँ स्थानमा रहेको छ । रासस
News Desk 0 response बुधबार, माघ २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



