

-
काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा र जावलाखेल युथ क्लब बीचको खेल बराबरीमा समाप्त भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज सम्पन्न खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको पहिलो हाफ सकिँदा १० खेलाडीमा सीमित जावलाखेलविरुद्ध शेर्पाले ३–१ को अग्रता बनाएको थियो तर खेलको दोस्रो हाफमा जाउलाखेलले दुई गोल थप्दै खेललाई तीन–तीन गोलको बराबरीको स्थितिमा पु¥यायो ।
खेलको पाँचौँ मिनेटमा स्टेफेन समिरले गोल गर्दै शेर्पालाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २६औँ मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई दोस्रो अग्रता दिलाए । खेलको ३५औँ मिनेटमा जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा समेटिएको हो । काउन्टरमा आएको बललाई डिबक्सबाहिर समातेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले अरुणलाई सिधै रातो कार्ड दिएका थिए ।
त्यस्तै खेलको पहिलो हाफको अत्तिरिक्त समयमा जावलाखेलका खेलाडी कुबेर बिष्टले गोल गर्दै खेल २–१ मा ल्याए । त्यसको केही समयपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पालाई ३–१ को अग्रता दिलाए । खेलको ६०औँ मिनेटमा जाउलाखेलका फोडे फोफानाले एक गोल गरे भने अर्का खेलाडी रुपबहादुर लामाले एक गोल थपेपछि खेल तीन–तीन गोलको बराबरीमा टुङ्गियो ।
बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अङ्क जोडेको छ । जावलाखेल लिगको पाँचौँ स्थानमा रहेको छ । त्यस्तै समान खेल खेलेको हिमालयन शेर्पाले ११ अङ्क जोडेको छ । शेर्पा ११औँ स्थानमा रहेको छ । रासस
News Desk 0 response बुधबार, माघ २९, २०७६


सम्बन्धित शीर्षकहरु

नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्खलामा लगातार चौथो हार
मङ्लबार, माघ २२, २०८१-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति..
बुधबार, माघ १६, २०८१