

-
विराटनगर । दादुरा रुबेलाको नियन्त्रणका लागि सीमान्तकृत बस्ती तथा दुर्गम क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
स्वास्थ्य कार्यालय मोरङद्वारा ‘दादुरा रुबेला खोप अभियान–२०७६’ अन्तर्गत खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग आज यहाँ आयोजित अन्तक्र्रिया एवं छलफल कार्यक्रममा उनीहरुले बालबालिकालाई खोप नलगाउने परिवारलाई स्थानीय तहबाट प्राप्त हुने सेवा सुविधा रोक्नुपर्नेमा जोड दिएका हुन् ।
यही फागुन ६ देखि १४ गतेसम्म पहिलो चरणअन्तर्गत मोरङको आठवटा स्थानीय तहमा दादुरा रुबेलाको खोप तथा पोलियो थोपा खुवाउने कार्यक्रम छ । पहिलो चरणअन्तर्गत जन्मदेखि पाँच वर्षमुनिका ४७ हजार बालबालिकालाई पोलियो थोपा तथा नौ महिनादेखि पाँच वर्षमुनिका ४१ हजार १७२ बालबालिकालाई दादुरा रुबेलाका खोप लगाउने लक्ष्य लिएको छ ।
यसैगरी दोस्रो चरणअन्तर्गत फागुन १६ देखि २४ गतेसम्म मोरङको नौ स्थानीय तहका ६२ हजार ६० बालबालिकालाई पोलियो थोपा र ५१ हजार ६३३ बालबालिकालाई दादुरा, रुबेलाको खोप लगाइने भएको छ । अभियानलाई सफल बनाउन घरमा निम्ता कार्ड, स्थानीय रेडियो, पत्रपत्रिका तथा प्रचारप्रसारलाई तीव्र बनाइको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।
“पहिलो खोपको प्रभावकारिता ८५ प्रतिशत र थप दोस्रो खोपको १० प्रतिशत गरी दुवै खोप लगाएका बालवालिका दादुरा रुबेला नलाग्ने सम्भावना ९५ प्रतिशत हुन्छ । थप मात्रा दिँदा यो खोप लगाउनुको पहिलो उद्देश्य सतप्रतिशत यो रोगबाट बचाउनु हो भने नियमित खोपमा छुटेकालाई समेट्नु पनि हो”, उहाँले भन्नुभयो, “जुन बालबालिकाले यो खोप लगाउदैनन् । त्यो बेलासम्म रुबेला र दादुराको उच्च जोखिममा रहन्छन् ।”
अभियानका लागि मोरङ जिल्लामा ८९२ खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र दुई स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ । नेपालले सन् २०२३ सम्ममा दादुरा रुबेला नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सबै बालबालिकाले खोप पाउनुपर्छ भन्ने अवधारणाअनुसार अभियान शुरु गरिएको हो । बाल मृत्युदर घटाउनु, औषत आयुमा वृद्धि गर्नु अभियानको लक्ष्य रहेको छ ।
दादुराको कारण अन्धोपना हुने र झाडापखाला, निमोनियाको कारण बालबालिकाको मृत्यु हुने गरेको छ भने रुबेलाले महिलामा गर्भपतन हुने, मृत्यु शिशु जन्मने, बालबालिकामा बहिरोपन र अन्धोपन हुने, मुटुमा प्वाल हुने, मष्तिस्कमा विकृत उत्पन्न हुने गर्दछ ।
दादुरा र रुबेला रोगको कुनै उपचार नभएको र यसबाट बालबालिकालाई बचाउने एकमात्र उपाय खोप मात्र रहेको हो । यो सरुवा रोग भएको र खोक्दा, हाँछ्यु र हावाको माध्यमबाट यो सर्ने गर्दछ । दादुरा रुबेला एक भाइरसको माध्यमबाट सरुवा हुने गर्दछ भने यसका मुख्य लक्षणमा ज्वरो आउने, शरीरभरि बिमिरा देखा पर्ने, आँखा रातो हुने, नाकबाट पानी आउने गर्दछ ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बालबालिकाका अकाल मृत्युबाट बचाउन खोप अभियान पूर्ण सफल बनाउने सबै राजनीतिक दललाई सहभागी हुने बताउनुभयो ।
छलफलमा, राजनीतिक दलका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, चिकित्सक, रेडक्रसका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
एक अध्ययनका अनुसार एक बालवालिकामा दादुरा देखिए त्यसबाट १६ जना सम्ममा सर्न सक्छ । नेपालमा गत वर्ष एक सय २२ जनामा रुबेला भएको प्रमाणित भएको छ । जसमा प्रदेश नं. १ मा ३५, प्रदेश नं.२ मा ८, वाग्मती प्रदेशमा ४१, गण्डकी प्रदेशमा १०, प्रदेश ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ११ जनामा दादुरा भएको प्रमाणित भएको थियो । रासस
News Desk 0 response बुधबार, माघ २९, २०७६


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२