-
चरिकोट । केही वर्षअघिसम्म दोलखामा जटिल प्रकृतिका रोगको उपचार हुँदैनथ्यो । जिल्लाभरका अस्पतालमा जटिल प्रकृतिका रोगको उपचार सेवा नभएपछि त्यस्ता बिरामीलाई उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता थियो ।उपचारका लागि काठमाडौँ जानुपर्दा उनीहरूले आर्थिक भारसँगै सास्ती पनि खेप्नुपथ्र्याे । समयमा उपचार नपाउँदा कतिपय बिरामीले त ज्यान पनि गुमाउँथे । तर, अहिले अवस्था फेरिएको छ ।
सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमै जटिल अवस्थाका बिरामीको उपचार हुने भएको छ । बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी प्राथमिक स्वास्थ्य केन्द्रले एचडियू सेवा (हाइ डिपेन्डेन्सी युनिट) अर्थात् उच्च निर्भरता एकाइ सञ्चालनमा ल्याएको हो । यो सेवा सञ्चालनमा आएसँगै जटिल अबस्थाका बिरामी, विषादी सेवन गरेका, श्वासप्रश्वासमा समस्या भएका दमका बिरामी, एक महिना भित्रका शिशु, मध्यम मुटुरोगीलगायत बिरामीको केन्द्रमै (प्रस्तावित चरिकोट अस्पताल) उपचार गर्न सकिने डा विनोद दङ्गालले बताउनुभयो ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र जिल्लावासीलाई सहज तरिकाले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भिमेश्वर नगरपालिकाले अस्पतालका लागि आवश्यक पर्ने उपकरण खरिद गरी दिएको थियो । एचडियु सेवा सञ्चालन गरेसँगै अस्पतालका लागि रु १५ लाखभन्दा बढीको औषधिको आवश्कता पर्ने र थप जनशक्तिको अभाव हुनेभएका कारण २४सै घण्टा सेवा प्रदान गर्न त्यसको व्यवस्थापन भिमेश्वर नगरपालिकाले गर्ने गरी सेवा सञ्चालनमा ल्याइएको भिमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीले बताउनुभयो । सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिने जिल्लावासी प्रत्यक्ष लाभान्वित हुनेछन् । रासस
News Desk 0 response मङ्लबार, माघ २८, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३