

-
दैलेख । जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक ‘फिजियोथेरापी’ सेवा विस्तार गरिएको छ । पछिल्लो समय यस सम्बन्धी बिरामी बढ्दै गएपछि ‘फिजियोथेरापी’ सेवा शुरु गरिएको हो ।
सेवा विस्तार गरेसँगै बिरामीलाई सहज भएको छ । विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायतको समस्या समाधानका लागि बिरामीहरुले फिजियोथेरापी रोज्ने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले बताउनुभयो ।
फिजियोथेरापी सेवा सञ्चालन गर्न ह्याण्डी क्याप इन्टरनेशनलले रु १० लाख बराबरको सामग्री उपलब्ध गराएको छ । कर्णाली प्रदेश सरकारको बजेटबाट ‘फिजियोथेरापिस्ट’ कर्मचारी राखिएको छ । यो सेवा दैलेखसँगै छिमेकी जिल्लाका बिरामीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदाँ नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्ने सम्बन्धी रोगहरु उपचार हुने फिजियोथेरापिस्ट धना खड्काले बताउनुभयो । दई हप्ताअघि शुरु भएको सो सेवाबाट हालसम्म ५० बढी लाभान्वित भएका छन् । रासस
News Desk 0 response सोमवार, माघ २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



