

-
बनेपा । धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ । काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै आएको छ ।
आइतबार अस्पतालले सेवा सञ्चालन गर्न आवश्यक तयारीमा जिल्लास्थित प्रशासन, प्रहरी र अदालतका प्रमुखहरुसँग परामर्श गर्यो । अस्पतालका डा राजकुमार कार्कीका अनुसार अस्पतालले सो सेवा सञ्चालन गर्न २०७१ सालबाट छलफल चलाएको थियो । यसका लागि आवश्यक संरचना निर्माण तथा जनशक्ति व्यवस्थाभएपछि मन्त्रालयले अनुमति दिएको जनाइएको छ । उहाँले भन्नुभयो, “पछिल्लो चरणमा बनेको मेडिको लिगल सेवा सञ्चालन निर्देशिका २०७५ अनुसार सेवा सञ्चालन गर्न लागेको हौँ । ”
मेडिको लिगल सेवाले कसुरको अनुसन्धान, अभियोजन वा न्यायिक कार्वाहीको सिलसिलामा कानूनी प्रयोजनका लागि गरिने चिकित्सकीय जाँच, परीक्षण वा सोसम्बन्धी कार्य जनाउने छ । साथै उमेर प्रमाणीकरण, कुटपिट, जबर्जस्ती करणी, मानसिक अवस्थाको परीक्षण, यातना, शवपरीक्षण मृत्युको कारण र अन्य कुनै घटनाको सम्बन्धमा प्रचलित कानूनबमोजिम गरिने चिकित्सकीय जाँचलगायत पर्दछ । सो सेवा प्रदान गर्न अस्पतालमा तीन विशेषज्ञहरु रहेको र चौबिसै घण्टा सेवा सञ्चालनमा रहने जनाइएको छ ।
अस्पतालका प्रशासक प्रद्युम्न श्रेष्ठले अस्पतालले वाग्मती प्रदेशका साथमा प्रदेश नं १ को सोलुखुम्ब, खोटाङ र ओखलढुङ्गा सेवा क्षेत्रभित्र रहनेगरी मान्यता पाएको जानकारी दिनुभयो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले धुलिखेल अस्पतालजस्तो अस्पताल देशका विभिन्न ठाउँमा सञ्चालन हुन आवश्यक रहेको बताउनुभयो । रासस
News Desk 0 response सोमवार, माघ २७, २०७६


सम्बन्धित शीर्षकहरु
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
आज शहीद दिवस : विभिन्न कार्यक्रमको आयोजना..
बुधबार, माघ १६, २०८१