-
लमही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावले निर्माण रोकिएपछि शव राख्ने फ्रिज त्यत्तिकै थन्किएको छ । प्रतिष्ठानलाई शवगृह सञ्चालनमा ल्याउन आर्थिक अभाव रहेको र तत्कालीन उपक्षेत्रीय अस्पताल हुँदा ल्याइएको फ्रिजसमेत उपयोग नभएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।
उहाँले शवगृह सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गर्न सरकारसित माग गर्दै शवगृहमा फ्रिज भएमा बेवारिसे अवस्थामा रहेका शव व्यवस्थापनमा सहज हुने बताउनुभयो । बेवारिसे अवस्थामा शवले स्वास्थ्य संस्था नै दुर्गन्धित हुने र शवपरीक्षणमा समेत समस्या हुने बताइएको छ । शवगृह निर्माण भएमा पाँचदेखि सातजनाको शव राख्न सकिने र गर्मीयाममा शव कुहिने समस्या हट्ने प्रहरीले जनाएको छ ।
अस्पताल प्रमुख रमिता गौतमले शवगृह जीर्ण हुँदा प्रहरी र अस्पताल कर्मचारी बेवारिसे शव कुर्नुपर्ने बाध्यता रहँदै आएको बताउनुभयो । घोराही उपमहानगरपालिका–१ का वडाध्यक्ष राममणि पाण्डेले अस्पतालले शवगृह निर्माण गर्न बजेट माग गरेर निवेदन दिएमा बजेट उपलब्ध गराइने जानकारी दिनुभयो । रासस
News Desk 0 response सोमवार, माघ २७, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३