

-
काठमाडौँ । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा ओमानलाई जीतका लागि २५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४९ रनको योगफल बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७६ बलमा छ चौका र एक छक्का प्रहार गर्दैै ५६ रनको योगदान दिएका हुन् ।
त्यसैगरी पारस खड्काले ३८ रन जोडे भने विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८/२८ रन जोड्दै बाहिरिए । त्यस्तै सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए । डेब्यु खेलाडी कमलसिंह ऐरी नौ रनमा अविजित रहे ।
बलिङतर्फ ओमानका अकिब इलासले चार विकेट लिए भने मोहमद नदिमले तीन विकेट झारे । नेपाल पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको थियो । त्यसैको बदला लिने नेपाललाई आज अवसरसमेत छ । शनिबार भएको दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरको थियो । ओमन अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस
News Desk 0 response आइतवार, माघ २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



