

-
पर्वत । हात्तीपाइलेको औषधि सेवन गर्दा स्वास्थ्यमा गम्भीर खतरा आउँदैन, बरु सधैँभर हात्तीपाइलेको जोखिमबाट मुक्त हुन सकिन्छ । ग्याष्ट्रिकका बिरामी वा हात्तीपाइलेका जीवाणु शरीरमा भएका व्यक्तिमा सामान्य समस्या देखिए पनि त्यसले कुनै ठूलो असर पार्दैन तर यस्तो अवस्थामा पनि समाजमा जान्ने बुझ्ने र कतिपय अवस्थामा स्वास्थ्यकर्मीले समेत औषधि सेवन नगरी दिएका कारण आम मानिसमा हात्तीपाइलेका विरुद्ध औषधि खुवाउने कार्यक्रम असफल भएको पाइएको छ ।
मुलुकका धेरै जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल भइसके पनि पर्वत जिल्ला भने अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको कुस्मा नगरपालिका स्वास्थ्य एकाइले बिहीबार पर्वत अस्पतालमा गरेको अन्तक्र्रिया कार्यक्रममा बताइएको छ ।
पर्वतमा सन् २०१० देखि नियमितरुपमा १० पटक आमरुपमा औषधि खुवाउने कार्यक्रम सकिए पनि जिम्मेवार व्यक्तिले हेलचक्रयाइँ गर्दा सर्वसाधारणले ११ आँै पटक औषधि खानुपर्ने अवस्था आएको हो । हात्तीपाइलेका विरुद्ध खाने औषधि सबै मानिसले नखाइदिएका कारण पर्वत र खासगरी कुस्मा नगरपालिका अझै बढी जोखिममा परेको स्वास्थ्यकर्मी बताउँछन् । “सबै मानिसले औषधि नखाएका कारण ११ औँ पटकसम्म आममानिसलाई औषधि खुवाउनुपर्ने अवस्था छ”, कुस्मा नगरपालिकाका स्वास्थ्य एकाइका प्रमुख उमाकान्त सापकोटाले भन्नुभयो, “जान्ने बुझ्नेले नै औषधि नखाँदा अझै समस्या भएको छ ।”
औषधि नखानेमा स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी र सुरक्षाकर्मी बढी भेटिएका छन । पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले औषधिले असर गर्छ भनेर अनावश्यक हल्ला फैलाएका भरमा औषधि नखाने बढी भएको बताउनुभयो । “लामो समयसम्म विज्ञले अनुसन्धान गरेर बनाएको औषधिमा कुनै समस्या छैन”, उहाँले भन्नुभयो “भ्रमलाई तोड्न जरुरी छ, औषधिले कुनै पनि गम्भीर प्रकृतिको असर गर्दैन ।”
खोपजस्तो एक पटक लगाएपछि लगाई रहनु नपर्ने नभएका कारण पनि १० पटक औषधि खाने र एक पटक पनि औषधि नखाने मानिस एकै भएकाले सबैले औषधि सेवन गर्नुपर्ने सुझाव उहाँको छ । पर्वतका निमित्त प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले सबै कर्मचारी र सेवाग्राहीलाई समेत औषधि सेवनका लागि आग्रह र प्रोत्साहित गर्ने आश्वासन दिनुभयो ।
पर्वत जिल्ला र खासगरी कुस्मा नगरपालिकामा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएकाले आगामी माघ २५ गते ११ औँ चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुने भएको छ । दशौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले सङ्क्रमितको सङ्ख्या एक प्रतिशतभन्दा तल नझरेपछि पुनः ११ औँ पटक अभियान सञ्चालन गर्न लागिएको हो । पर्वतसहित देशका १३ जिल्लामा माघ २५ गते सामूहिकरुपमा औषधि खुवाउने कार्यक्रम रहेको छ ।
पर्वतमा दुई वर्षभन्दा कम उमेरका तथा गर्भवती महिला छाडेर जिल्लाको कूल जनसङ्ख्यामध्ये एक लाख पाँच हजार ५१६ लाई औषधि सेवन गराउने अभियानको लक्ष्य रहेको कुस्मा नगरपालिकाका वरिष्ठ अहेब अधिकृत यामप्रसाद शर्माले बताउनुभयो । कुस्मा नगरपालिकामा ४१ हजार ६१३ जनसङ्ख्या रहेको छ ।
अभियानका लागि जिल्लाका सबै स्वास्थ्यकर्मी र स्वयंसेविकालाई परिचालन गर्ने तयारी भएको छ । स्वास्थ्यकर्मीले घरमै पुगेर आँखा अगाडि औषधि खुवाउने र स्वयंसेविकाले सहयोग गर्ने कार्यक्रम छ । घरमा लैजाँदा औषधि नखाने, जाने बुझेकाले समेत औषधि खान नमान्दा सबैले पटकपटक औषधि खुवाउनुपर्ने बाध्यता छ । यस पटक सबैले औषधि खाने कार्यक्रम सफल बनाउन सकेमा आगामी वर्षदेखि औषधि सेवन गर्नु नपर्ने भएका कारण पनि सबैले औषधि खान र त्यसले कुनै हानि तथा असर नपुर्याउने हुँदा ढुक्क हुन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । रासस
News Desk 0 response शुक्रबार, माघ २४, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



