-
बेत्रावती । बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ । पछिल्लो तीन दिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरका सदस्य बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिनुभयो ।
उहाँको अनुसार बिरामी भएकामध्ये बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको अनमी उषा सिंह र कमला पाण्डेसहितको टोलीले उपचार शुरु गरेको छ । अहिलेसम्म ५४ को उपचार गरिएको छ । करिब ५० घरधुरी रहेको उक्त गाउँका बासिन्दालाई उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको उपचारमा संलग्न अनमी पाण्डेले जानकारी दिनुभयो ।
तामाङ समुदायको बाहुल्यता रहेको उक्त गाउँका बासिन्दा बिरामी हुनुका कारण दूषित खानेपानी भएको हुनसक्ने अनुमान गरिएको छ । जनचेतनाको कमीका कारण उनीहरुको उपचारसहित स्वच्छ पानी पिउन अपिल गरिएको छ भने रोग फैलन नदिन आफूहरु सक्रिय भएर लागिरहेको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
गत सोमबारदेखि फैलन शुरु भएको ज्वरोको कारण गाउँनै प्रभावित भएको जानकारी स्थानीय कमलबहादुर तामाङले वडाध्यक्षलाई जानकारी गराएपछि नगर प्रमुख राजेन्द्ररमण खनाल र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालसँगको समन्वयमा स्वास्थ्यकर्मी र औषधिसहितको टोली लिएर वडाध्यक्ष पाण्डेले घरघरमै पुगेर बिरामीको उपचार अघि बढाउनुभएको हो ।
बिरामी हुनेमा वृद्धवृद्धा र बालबालिका बढी छन् । उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गराउँदै आएको स्वास्थ्यचौकीका अनमी कमला पाण्डेले जानकारी दिनुभयो । रासस
News Desk 0 response शुक्रबार, माघ २४, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३