-
बाँके । जिल्ला समन्वय समिति बाँकेले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय गरेको छ । बाँकेमा हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न सर्वसाधारणले आनाकानी गरेपछि जिल्ला समन्वय समिति बाँकेले सो निर्णग गरेको हो ।
समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले उक्त रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय गरेको बताउनुभयो । “पटकपटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर कठोर निर्णय गर्नुप¥यो”, उहाँले भन्नुभयो । शहरमा बसोबास गर्ने शिक्षित समुदाय नै औषधि सेवन गर्न नमान्ने गरेकाले कडा निर्णय गर्नुपरेको संयोजक श्रीवास्तवले बताउनुभयो । त्यसले गर्दा बाँकेमा हात्तीपाइले रोग निवारण अभियान अपेक्षाकृतरुपमा सफल हुन सकेको छैन । बाँकेको ग्रामीणभन्दा उपमहानगरभित्र औषधि सेवन गर्ने न्यून छन् । “सामान्य मात्रै होइन, शिक्षितले नै औषधि खान मान्दैनन्”, जिल्ला स्वास्थ्य कार्यालय बाँकेले स्वास्थ्य अधिकृत अंगतबहादुर शाहीले भन्नुभयो, “यसले अभियान प्रभावित भइरहेको छ ।”
कोहलपुर र उपमहानगरपालिकामा हात्तीपाइलेको जोखिम उच्च छ । नवौँ पटक खुवाउँदा नियन्त्रण नभएपछि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान बाँकेमा दशौँ पटक आगामी शनिबार खुवाइँदैछ । बाँकेका चार लाख व्यक्तिलाई औषधि खुवाइनेछ ।
उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले शहरका शिक्षित व्यक्तिले औषधि सेवन नगर्दा रोग नियन्त्रणमा चुनौती देखिएकोले अभियान सफल बनाउन स्थानीय तह कडाइसाथ लागेको बताउनुभयो । डा राणाले औषधि खुवाउने दर बढाउने वडालाई पुरस्कृत गर्दै बजेट बढाउने घोषणा गर्नुभएको छ । रोग निर्मूल भइसक्नुपर्नेमा अवस्था डरलाग्दो देखिएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति दुर्गा गौतमले बताउनुभयो । प्रत्येक व्यक्तिसम्म औषधि नपुग्नु र विभिन्न डरत्रासका कारण सबैले औषधि प्रयोग नगर्नुले उपलब्धि हासिलमा समस्या देखिएको हो ।
औषधिको प्रयोगबारे फैलिएको गलत सूचना प्रमुख चुनौती भएको स्वास्थ्य अधिकृत शाहीले बताउनुभयो । यो औषधि खाँदा बिरामी हुने, वाकवाकी लाग्ने भन्ने गलत सूचना फैलिएकाले औषधि खान नमानेको उहाँको भनाइ थियो । विसं २०६७ देखि बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ । शुरुआतमा बाँकेमा ९१ प्रतिशतले औषधि खाएका थिए । रासस
News Desk 0 response बिहिबार, माघ २३, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१भारतको कर्नाटकमा दुई जना बालबालिकामा (एचएमपीभी) सङ्क्रमण पुष्टि
सोमवार, पुस २२, २०८१-
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय..
मङ्लबार, माघ १, २०८१ -
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१
-
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु
आइतवार, पुस २१, २०८१