-
सिमकोट । सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोका बिरामीले गाउँ नै थलिएको छ । गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् ।
सिमकोटबाट आठ कोस टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीप्रति सरोकार निकाय मौन भएको स्थानीयवासीले बताएका छन् । मौसमी रुघाखोकीबाट पाँच जनाको अवस्था चिन्ताजनक रहेको स्याडा स्वास्थ्य चौकीका वरिष्ठ अहेव अर्जुन कार्कीले बताउनुभयो । “स्वास्थ्य चौकीमा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो तर गाउँभरी नै बिरामी थला परेकाले अहिले समस्या भएको छ ।”
गाउँमा रुघाखोकी र भाइरल ज्वरोले आक्रान्त वृद्धवृद्धा र बालबालिकाको समयमै उपचार हुननसके यसले ठूलो रूप लिनसक्ने स्थानीयवासी नुर्बु बुढाले बताउनुभयो । हुम्लामा मौसमी रुघाखोकीका कारण विभिन्न गाउँपालिकाका १४ जनाको मृत्यु भइसकेको छ । जिल्लाभरि सयौँको सङ्ख्यामा बिरामी परेको स्वास्थ्य सेवा कार्यालयका नर्सिङ इन्चार्ज सरिता बोहोराले बताउनुभयो । रासस
News Desk 0 response बिहिबार, माघ २३, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१