

-
डोटी । जिल्ला अस्पताल डोटी प्रदेशभरिकै उत्कृष्ट अस्पताल घोषित भएको छ । सुदूरपश्चिम प्रदेशभरिमा रहेका अस्पतालमध्ये जिल्ला अस्पताल डोटीले विभिन्न सूचकाङ्कलाई आधार मान्दा कूल ७७ प्रतिशत अङ्क प्राप्त गरी उत्कृष्ट अस्पतालका रुपमा घोषित भएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका मेडिकल अधिकृत डा भूषण मिश्रले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा न्यूनतम सेवा गुणस्तर मापदण्ड मापनमा दिइने ३५० अङ्कमा प्रदेशभरि रहेका जिल्ला अस्पताल तथा जिल्लास्तरका प्राथमिक अस्पतालमध्ये डोटी अस्पतालले ७७ प्रतिशत अङ्क ल्याएर पहिलो भएको छ, जो आफैँमा राम्रो कुरो हो ।”
सुदूरपश्चिममा छ महिनापहिले गरिएको गुणस्तरीय सेवा मापदण्डमा डोटी अस्पताल प्रदेशकै उत्कृष्ट भएको थियो । सरकारबाट अस्पतालहरूले न्यूनतम रूपमा प्रदान गर्नुपर्ने सेवाको अवस्था यथार्थ अवस्था के छ, अन्तर कहाँ छ रु लगायत विषयमा प्रत्येक छ÷छ महिनामा मापन हुने गर्छ । सुशासन तथा व्यवस्थापन, उपचार सेवा र अस्पतालका सहयोगी संयन्त्र गरी मुख्य तीन सूचक गरी ७६९ सूचक निर्धारण गरी अस्पतालको सेवाको गुणस्तर मापन गरिएको क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका मेडिकल अधिकृत डा मिश्रले जानकारी दिनुभयो ।
त्यसैगरी अछाम जिल्ला अस्पताल ७१ प्रतिशत अङ्क प्राप्त गर्दै दोस्रो स्थानमा पर्न सफल भएको छ । प्रदेशकै उत्कृष्ट अस्पताल हुन सफल भएको डोटी जिल्ला अस्पताललाई आगामी दिनहरुमा समेत अस्पताललाई अझ थप सुविधा सम्पन्न बनाउँदै बर्सेनि उत्कृष्ट गराउने जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । सुदूरपश्चिमका जिल्ला अस्पतालमा गरिएको सर्वेक्षणमा डोटी ७७, अछाम ७१, बझाङ ७०, दार्चुला ७० बैतडी ६५ तथा बाजुराले ५५ प्रतिशत अङ्क प्राप्त गरेको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । रासस
News Desk 0 response बुधबार, माघ २२, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



