-
काठमाडौँ । क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने हो । विश्वकपकै सिँढीका रूपमा रहेको त्रिकोणात्मक सिरिज आजदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ । त्यसैले आजको दिन नेपाली क्रिकेटका लागि ऐतिहासिक हो ।
नेपालले पहिलोपटक घरेलु मैदानमा सिरिज खेल्दैछ । नेपालले कीर्तिपुरमा ओमानसँग खेल्दै उक्त सिरिजको शुरुआत गर्दैछ र यसैबाट सन् २०२३ मा हुने विश्वकपको यात्रा नेपालले थालनी गर्दैछ । क्रिकेट खेलाडी, प्रशिक्षक, क्यान पदाधिकारीसँगै आम नेपाली क्रिकेटप्रेमी यो सिरिजबाट निकै उत्साहित छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)बाट निलम्बन फुकुवा भएपछि पहिलोपटक सिरिज आयोजना गर्न पाएकामा क्यान अध्यक्ष चतुरबहादुर चन्द मङ्गलबार सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा निकै हर्षित देखिनुभयो । “निलम्नबनबाट फुकुवा भएको छोटो समयमा हामीले सिरिज आयोजना गर्दैछौँ, सबै कुरालाई बिर्सेर विश्वकपको यात्रालाई अघि बढाउँदै छौँ”, उहाँले भन्नुभयो ।
अध्यक्षसँगै क्यान महासचिव अशोकनाथ प्याकुरेल सहमत देखिनुभयो । उहाँले भन्नुभयो, “यो सिरिज हाम्रा लागि ठूलो परीक्षणका साथै अवसर हो, यसमा हामीले हरेक तरिकाले अब्बल सावित गर्नुपर्छ ।” निलम्बन फुकुवापछि क्यानसित अनेकन चुनौती रहे पनि ती सबैको सामना गर्ने अवसर सिरिजलाई लिएको प्याकुरेलको भनाइ थियो । त्रिकोणात्मक सिरिजलाई क्यान ऐतिहासिक बनाउन चाहन्छ । टिकट बिक्रीको जिम्मा नेपालयले पाएको छ । एउटा खेलको टिकट मूल्य रु २०० तय गरिएको छ ।
ओमान सन् २०१२ पछि नेपाल खेल्न आएको छ । सन् २०१३ यता नेपालले उसलाई हराउन सकेको छैन । घरेलु मैदानको फाइदा लिँदै ओमानलाई हराउने दाउमा नेपाल रहेको छ । नेपालले शनिबार अर्को टोली अमेरिकासँग खेल्दैछ । अमेरिका सन् २०१० पछि नेपाल आएको हो । ओमानका कप्तान जिसन मक्सुद र अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले नेपाली दर्शकलाई सिरिजमा आफ्नो टोलीको बाधकका रूपमा लिएका छन् । “नेपाली दर्शकले हामीलाई दबाबमा राख्नेछन्”, पत्रकार सम्मेलनमा दुवै कप्तानले एउटै स्वरमा भन्नुभयो ।
आइसिसी विश्वकप क्रिकेट लिग दुई सिरिजअन्तर्गत आजको खेलमा झण्डै २० हजार दर्शकले खेल हेर्ने अपेक्षा गरिएको छ । नेपालले २०७४ चैत १ गते एकदिवसीय मान्यता पाएको हो । विश्वकपको रोडम्यापको रूपमा रहेको डिभिजन दुईमा हालसम्म अमेरिकाले आठ खेल तथा ओमानले छ खेल खेलिसकेको छ । नेपालले घरेलु मैदानबाट आफ्नो यात्रा शुरु गर्दैछ । तीनवटै टोलीले यो सिरिजमा चार/चार खेल खेल्नेछन् । माघ २९ गतेसम्म चल्ने सो सिरिजअन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग माघ २५ गते, तेस्रो खेल ओमानसँग माघ २६ गते तथा अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ । यस सिरिजमा ८५ हजार डलरको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म अमेरिका अङ्क तालिकाको शीर्षस्थानमा छ । आठ खेल खेलेको उसले छ खेलमा जीत निकाल्दै १२ अङ्क बटुलेको छ । स्कटल्यान्ड नौ अङ्क जोड्दै दोस्रो स्थानमा, आठ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा, आठ अङ्कै जोडेको ओमान चौथो स्थानमा, सात अङ्क जोडेको युएई पाँचाँै तथा अङ्कविहीन अवस्थमा रहेको पपुवान्यूगिनी छैटाँै स्थानमा छ ।
नेपाली टोलीमा कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर र ललितनारायण राजवंशी रहनुभएको छ । ब्याटिङका लागि नेपाली टोली पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरीमाथि निर्भर रहनेछ । नेपाली टोली मुख्य बलर शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामीबिना मैदानमा उत्रनेछ । यस्तो अवस्थामा लेग स्पिनर सन्दीप लामिछानेमाथि टोली केन्द्रित हुनेछ । ललितनारायण राजवंशी र सुसन भारी पनि भरोसायोग्य बलर हुन् । उनीहरूलाई पारस खड्का, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर र कुशल मल्लको साथ रहनेछ । सन् २०१७ पछि नेपालले पहिलोपटक घरेलु मैदानमा ५० ओभरको खेल खेल्दै छ । यसअघि नेपालले सन् २०१६ र २०१७ मा कीर्तिपुरमा केन्या र नामिबियासित विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलेको थियो ।
आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवान्यूगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगमा हालसम्म अमेरिका, स्कटल्यान्ड र पपुवान्यूगिनीले आठ/आठ खेल खेलिसकेका छन् । नामिविया र युएईले सात/सात खेल तथा ओमानले छ खेल खेलिसकेको छ । नेपालले पहिलो सिरिज खेल्दैछ । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् । रासस
News Desk 0 response बुधबार, माघ २२, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्लाको बराबरी
आइतवार, माघ ६, २०८११९ वर्षमुनिको महिला टी–२० विश्वकप : नेपाल बङ्गलादेशसँग पराजित
शनिबार, माघ ५, २०८१एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
बुधबार, माघ २, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१