

-
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा ‘मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ कार्यान्वयन गर्न लागेको छ । चालु वर्षमा नमूनाका रुपमा यो कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयमार्फत कार्यान्वयन गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सबै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेर कार्यक्रम सञ्चालनको प्रक्रियामा गएको मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा चेतराज जोशीले बताउनुभयो । स्वास्थ्य संस्थासम्म पुगेर आफ्नो स्वास्थ्योपचार गर्न नसक्ने ज्येष्ठ नगारिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी यो कार्यक्रम कार्यान्वयन हुन लागेको हो ।
“ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुकै घरदैलोमा पुगेर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन यो कार्यक्रम सञ्चालन गर्न लागिएको छ”, डा जोशीले भन्नुभयो, “टाउको दुख्ने, रक्तचापजस्ता समस्याबाट पीडितको उपचार गर्ने व्यवस्था गर्न लागिएको छ ।” यसका लागि सबै जिल्लामा आवश्यक पर्ने स्वास्थ्यकर्मीको भर्ना प्रक्रियासमेत शुरु भइसकेको बताइएको छ ।
यस वर्ष नमूनाका रुपमा सञ्चालन हुन लागेको यो कार्यक्रमको प्रभाव सकारात्मक देखिएमा अर्को वर्ष बृहत् रुपमा गर्ने योजना सामाजिक विकास मन्त्रालयको छ । यसका लागि चालु वर्षमा रु ३० लाख बजेट विनियोजन गरिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको जनसङ्ख्याका आधारमा छनोट भएका २९ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो ।
तराईको हकमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकासहित टीकापुर, लम्कीचुहा र गोदावरी नगरपालिका, कञ्चनपुर जिल्लाको भीमदत्तनगर, कृष्णपुर, बेदकोट र पुनर्वास नगरपालिका यो कार्यक्रम कार्यान्वयनका लागि छनोटमा परेका छन् । पहाडका सात जिल्लाको हकमा भने विभिन्न २१ वटा स्थानीय तह छनोट गरिएको छ ।
यस कार्यक्रम सञ्चालन गर्न छनोटमा नपरेका अन्य स्थानीय तहमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको छ । यसबाहेक आयुर्वेद चिकित्सा पद्धतिको उपयोग गराउनका लागि सुदूरपश्चिम आरोग्य कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको छ । यसका लागि चालु वर्षमा रु ५० लाख बजेट विनियोजन भएको छ ।
यस कार्यक्रमअन्तर्गत योग, ध्यान, जीवनशैली, परामर्शजस्ता स्वास्थ्यसम्बन्धी गतिविधि गर्न लागिएको छ । नेपालको संविधानको भाग ३ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने उल्लेख छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ मा नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको स्वास्थ्योपचारका लागि अस्पतालसम्म पहुँच पुर्याउनका लागि रहेका अवरोध हटाउन आवश्यक व्यवस्था गरिने उल्लेख छ । रासस
News Desk 0 response बुधबार, माघ २२, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



