-
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन् । नेपालले आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानम उत्रनेछ ।
यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ ।
त्यस्तै लिग दुईमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन् । नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन् । अहिलेसम्म अङ्क तालिकामा अमेरिका शीर्ष स्थानमा छ । आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत निकाल्दै १२ अङ्क हात पारेको छ । त्यस्तै स्कटल्यान्डले नौ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने आठ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा छ ।
समान आठ अङ्क नै जोडेको ओमन अङ्क तालिकाको चौथो स्थानमा छ भने सात अङ्क रहेको युएई पाँचाँै र अङ्कविहीन रहेको पपुवा न्युगिनी छैटाँै स्थानमा छ । नेपालले भने पहिलो खेल खेल्न लागेको हो । रासस
News Desk 0 response मङ्लबार, माघ २१, २०७६
सम्बन्धित शीर्षकहरु
एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
बुधबार, माघ २, २०८१वालिङलाई हराउँदै बाग्मती युथको पहिलो जीत
शुक्रबार, पुस २६, २०८१इन्डो–नेपाल भलिबलको उपाधि आर्मीले जित्यो
बिहिबार, पुस २५, २०८१एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
मङ्लबार, पुस २३, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१