

-
कास्की । प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९औँ सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ ।
नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुने छ । नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसियालगायतका ३० देशका १२५ चालक सहभागी बन्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
खेलाडी दर्ता गर्ने अन्तिम मितिसम्म ३० देशका १२५ पाइलट सहभागी हुने निश्चित भएको र आवश्यक तयारीलाई तीव्र बनाइएको प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले बताउनुभयो ।
प्रतियोगितामा नेपालका १२ खेलाडी सहभागी हुँदैछन् । एशियन टुरबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र ‘¥याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङ वल्र्ड कपको सुपर फाइनलमा प्रवेश पाउने छन् । एफएआइ(फेडेरेशन एरोनोटिक इन्टरनेशनल)बाट लाइसेन्स प्राप्त गरेको र वल्र्ड पाइलट र्याङकिङमा आबद्ध पाइलटले मात्र प्रतियोगितामा स्पर्धा गर्ने प्रतियोगिता व्यवस्थापक विमल अधिकारीले जानकारी दिनुभयो । ‘एक्युरेसी’ र ‘क्रसकन्ट्री’ विधाको प्रतिस्पर्धामा समग्रमा विजेता बन्न सफल पहिलोदेखि दशौँ स्थानसम्मका खेलाडीलाई मेडल, प्रमाण र ट्रफी प्रदान गरिने बताइन्छ ।
त्यसैगरी महिला च्याम्पियसनसिप, टिम च्याम्पियनसिप र नेपाली च्याम्पियनमा पहिलोदेखि पाँचाैँ स्थानसम्मका विजेतालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाएको छ । प्रतियोगिता पोखरा र सिङ्गो राष्ट्रको इज्जतसँग जोडिएकाले यसलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग रहनुपर्नेमा जोड दिइएको छ । प्रतियोगिताको सुरक्षा व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।
मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकूदको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रतियोगिताले मद्दत पुग्ने विश्वास लिइएको छ । रासस
News Desk 0 response सोमवार, माघ २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



