-
काठमाडौँ । गोदावरी नगरपालिकास्थित आनन्दवन अस्पतालमा गत वर्ष बहिरङ्ग विभागमा छ हजार १८५ बिरामीले उपचार सेवा लिएका छन् । कुष्ठरोगसम्बन्धी सबै उपचार र कुष्ठ प्रभावितका लागि पुनःस्थापना कार्यक्रमसमेत गर्दै आएको सो अस्पतालमा उक्त अवधिमा ८६५ बिरामी भर्ना भएर उपचार गराएका थिए ।
अस्पतालमा सबै उमेर र क्षेत्रका मानिस उपचारका लागि आउने गरेको चिकित्सक डा महेश साहले बताउनुभयो । देशभित्र मात्रै नभएर कतिपय विदेशीसमेत आइरहेका छन् । उहाँले भन्नुभयो, “विदेशीमा बढी भारतीय छन् र अरू दक्षिण एशियाली देशबाट छन् ।” अस्पतालले गम्भीर किसिमका घाउ भएका बिरामीको पुनःस्थापना शल्यक्रिया (रिकन्सट्रक्टिभ सर्जरी) गर्दै आएको अस्पतालमा कार्यरत चिकित्सक डा साहले बताउनुभयो । अस्पतालले गत वर्ष नै ११३ जनाको यस किसिमको शल्यक्रिया गरेको थियो ।
दी लेप्रोसी मिशन नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गरिरहेको अस्पतालमा कुष्ठरोगका लागि ८० श्यया निःशुल्क छ । अस्पतालले कुष्ठरोग प्रभावितलाई स्वयम हेरचाह र पुनःस्थापना सेवा निःशुल्क दिँदै आएको छ । हालसम्म उपचार गराएका बिरामीको सङ्ख्या २१ हजार ३३९ पुगेको अस्पताल प्रशासनले जनाएको छ । रासस
News Desk 0 response सोमवार, माघ २०, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३