• लहान । सिरहा धनगढीमाई नगरपालिका–११ सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा १३५ ले स्वास्थ्य जाँच गराएका छन् । धनगढीमाई नगरपालिका–११ को आयोजनामा सम्पन्न शिविरमा मधुमेह, रक्तचाप, थाइराइड, पिसाब तथा स्त्रीरोगसम्बन्धी बढी बिरामी भेटिएको नगरपालिका–११ का वडाध्यक्ष गङ्गाराम यादवले जानकारी दिनुभयो ।

    शिविरमा डा सुभाष चौधरी, डा लुस्युन यादव, अनमी पार्वती चौधरी, चन्दा चौधरीलगायतले सेवा प्रदान गर्नुभएको थियो । वृद्धवृद्धा, दलित र विपन्न परिवारलाई गाउँ बस्तीमा स्वास्थ्य सेवा पुर्‍याउन आधारभूत विद्यालय नैनपुर बरगाछी चौतारामा शिविर सञ्चालन गरिएको थियो । रासस