

-
रसुवा । रसुवा जिल्लामा कोरोना भाइरसका सङ्क्रमित बिरामी हालसम्म फेला नपरेको चिकित्सकले बताएका छन् । रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले नेपाल–चीन छिमेकी देशबीचका नागरिक आवतजावत गर्ने सीमा क्षेत्र भए पनि जिल्लामा कोरोना भाइरसका बिरामी हालसम्म फेला नपरेको स्पष्ट गर्नुभयो ।
चिकित्सकको प्रमाणित बेगर अन्य कुनै पनि व्यक्तिले यो रोग र त्यो रोग भनी व्याख्या गर्नु गलत हुनेहुँदा कोही कसैले गरेका टीकाटिप्पणी एवं हल्लाको पछि नलाग्न रसुवावासीलाई आग्रह गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
उपचारका क्रममा अस्पताल आएका एक बिरामीको कोरोना भाइरसको आशङ्का भन्ने बिहीबारको हल्ला पुष्टि नभएको र उनको थप उपचारार्थ उपकरणयुक्त काठमाडौँस्थित टेकु अस्पताल पठाइएको रसुवा अस्पतालले जनाएको छ । उपचारार्थ आउने बिरामीमध्ये जटिल अवस्था भएकालाई परीक्षण उपकरणको अभाव अवस्थामा मात्र काठमाडौँ पठाइएको र अन्यको उपचार स्थानीय अस्पतालमा भइरहेको अस्पतालले जनाएको छ ।
हिमपातको असरले रसुवामा चिसो बढिरहेका कारण ज्वरो तथा रूघाखोकी जस्ता समस्या बढ्नसक्ने भएकाले चिकित्सकको प्रमाणित बेगर त्रास फैलिने खालका हल्ला नगरिदिन सम्बद्ध सबै पक्षसँग विनम्रतापूर्वक आग्रह गरिएको समेत डा खरेलले बताउनुभयो ।
चीनमा फैलिएको उक्त भाइरस सीमा क्षेत्रबाट नेपालमा सर्न नदिन यही माघ १५ गतेदेखि १५ दिनका लागि चिनियाँ अधिकारीले रसुवागढीदेखि केरूङसम्मको २४ किलोमिटर राजमार्ग क्षेत्रको आवतजावतमा रोक लगाइसकेको सीमासुरक्षा अधिकारीले बताएका छन् ।
सीमा क्षेत्रका चिनियाँ अधिकारीले आवतजावतमा रोक लगाएपछि माघ १५ गतेदेखि सवारी साधन र मानिसको आवतजावत पूरै रोकिएको र सामान खरिदका लागि मितेरी पुलपारि गढीबजारसम्म आवतजावत भने भइरहेको बताइएको छ । चीनसँग सिमानासँग जोडिएको भए पनि रसुवामा भाइरसको सङ्क्रमण हालसम्म नभेटिएको र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रोग नियन्त्रणका लागि सीमा क्षेत्रमै विभिन्न प्रयास भइरहेकाले हल्लाको पछि नलाग्न रसुवावासीलाई आग्रह गरिएको सहायक प्रजिअ सपनाकुमारी भट्टराईले बताउनुभयो ।
भर्खरै प्राप्त जानकारीअनुसार रसुवा अस्पतालले गएराति पठाएको बिरामीको समस्या परीक्षण गरी हेर्दा उहाँलाई कोरोना भाइरस नभई दमको पुरानो समस्याले ज्वरो तथा खोकी लागेको पाइएको स्वास्थ्य मन्त्रालय सरूवा रोग नियन्त्रण महाशाखा टेकुका सरूवा रोग विषेशज्ञ डा अनुप बास्तोलाले जानकारी दिनुभयो । रासस
News Desk 0 response शुक्रबार, माघ १७, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



