

-
लमही । नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रले गत एक वर्षमा दुई लाख ४३ हजार ९०४ जनालाई आँखा उपचार सेवा प्रदान गरेको जनाएको छ ।
सन् २०१९ को जनवरीदेखि डिसेम्वरसम्म अस्पताल तथा उपचार केन्द्रले सो सेवा प्रदान गरिएको राप्ती आँखा अस्पतालले जनाएको छ । त्यस्तै निःशुल्क आँखा शिविर, बाह्य कार्यक्रमअन्तर्गत सन् २०१९ मा ४९ हजार ९०० जना आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।
अस्पतालले सन् २०१९ मा १३ हजार २८६ जनाको आँखामा लागेको मोतियाबिन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ । दुई हजार ३९२ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको थापाले जानकारी दिनुभयो । दातृ निकाय, स्थानीय निकाय नेपाल सरकारको सहयोगमा आर्थिक अभावका कारण उपचार सेवा पाउन नसकेका मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको वरिष्ठ प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो । अस्पतालले सन् २०१९ मा दुई हजार ५०५ जनाको सामान्य आँखाको शल्यक्रिया गरिएकोे छ । अस्पतालले २० वटा स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरी नौ हजार ५६५ बिरामीको जाँच गरिएको छ ।
त्यस्तै अस्पतालले सन् २०१९ मा हेल्थपोष्ट तथा सब हेल्थपोष्टका इञ्चार्ज, महिला स्वास्थ्य स्वयंसेविका, आमासमूह औषधि बिक्रेता, धाँमीझाँक्री, नर्सिङ विद्यार्थी, जनप्रतिनिधि, शिक्षक र सञ्चारकर्मी गरी ४२५ जनालाई प्राथामिक आँखा स्वास्थ्य शिक्षा तालिम दिइएको छ ।
“समाजका सबै सरोकारवालालाई आँखा स्वास्थ्यसम्बन्धी जानकारी दिन प्रथामिक आँखा स्वास्थ्य शिक्षा तालिम दिने गरेका छौँ । यसले गर्दा आँखामा समस्या देखियो भने अस्पताल जानुपर्छ भन्ने सचेतना दिएको छ”, वरिष्ठ प्रशासकीय अधिकृत थापाले भन्नुभयो । अस्पतालले २५ वटा स्कुलमा आँखा जाँच कार्यक्रम सञ्चालन गरी १५ हजार ९९ जना विद्यार्थीको आँखा जाँच गरिएको र चस्मा लगाउनुपर्ने ६३७ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको अस्पतालले जनाएको छ । रासस
News Desk 0 response शुक्रबार, माघ १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



