

-
काठमाडौँ । पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप’को उद्घाटनको दिन बिहीबार चार खेल सम्पन्न भएका छन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमण्ड स्पोस्र्टस् क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र बुलबले रारा क्लबले आ–आफ्नो खेलमा विजयी शुरुआत गरेका हुन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा भएको खेलमा एपिएफले चुली युवा क्लबलाई ३–० सेटमा, न्यू डायमन्डले पारा माउन्टलाई ३–१ सेटमा, सबे स्कूललाई ३–० सेट तथा बुलबुले रारा क्लबले चुली युवा क्लबलाई ३–० सेटमै पराजित गरेको हो । एपिएफले चुली युवा क्लबलाई २५–६, २५–५ तथा २५–१३ अङ्कले हराएको हो । यस्तै डायमन्डले पारा माउन्टलाई २५–५, २१–२५, २५–७ तथा २५–७ अङ्कले हराएको हो ।
यसैगरी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सेब स्कूललाई २५–७, २५–४ र २५–८ अङ्कले तथा बुलबुले रारा क्लबले चुली युवा क्लबलाई २५–१४, २५–१४ र २५–१७ अङ्कले पराजित गर्याे । ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा भएको सो प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिता माघ २८ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको विजेताले रु चार लाख पाँच हजार, उपविजेताले रु दुई लाख पाँच हजार, तेस्रो हुनेले रु एक लाख पाँच हजार, चौथो हुनेले रु ७५ हजार, पाचौँ हुनेले रु ५५ हजार, छैटौँ हुनेले रु ४५ हजार तथा सातौँ हुने टोलीले रु ३५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदीयमान, वर्ष खेलाडी र प्लेयर अफ दी सिरिज हुनेले स्कुटर प्राप्त गर्नेछन् । रासस
News Desk 0 response शुक्रबार, माघ १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



