

-
काठमाडौँ । कुष्ठरोगको सामान्य सङ्केत देखिनासाथ समयमै उपचार नगर्दा धेरैको अङ्गभङ्ग भएको छ । किटाणु शरीरमा प्रवेश गरेपछि पनि उपचार शुरु नगर्दा रोगले हातखुट्टालगायतका अङ्ग नै काम नगर्ने अवस्थामा पुग्ने यस क्षेत्रमा कार्यरत बताउँछन् ।
अस्पतालमा कार्यरत कुष्ठरोग विशेषज्ञ डा महेश साहका अनुसार रोगप्रतिको गलत धारणा विस्तारै कम भए पनि पूरै हट्न सकेको छैन । सामाजिकरुपमा विभेदमा परिने वा धर्मसँग जोडेर हेर्ने हुँदा बिरामी समयमा उपचारका लागि स्वास्थ्य संस्था नपुग्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यसैले पनि सबैभन्दा राम्रो समयमै उपचार शुरु गरेर अङ्गभङ्ग हुनबाट जोगाउने नै हो ।” कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरुमा रातो वा फुस्रो रंगको दाग र गिर्खा देखिनेलगायत लक्षण देखिए पनि थोरैमा यो लक्षण नदेखिँदा कतिपय अझै ढिलो मात्रै उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले जनाएको छ ।
कुष्ठरोगको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये झण्डै १० प्रतिशतमा दाग नदेखिने गरेको डा साहले बताउनुभयो । उहाँका अनुसार रोगको किटाणु शरीरमा प्रवेश गरेरसमेत दाग नदेखिनु चुनौतीका रुपमा रहेको छ । उहाँले भन्नुभयो, “यसले गर्दा किटाणु फैलिएर बिरामीको अङ्गभङ्ग भएपछि मात्रै बिरामी उपचारका लागि आइपुग्छन् ।”
कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि दाग देखिनेसँगै अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, आँखीभौँ पहिले पातलो हुँदै झर्न थाल्ने अस्पतालले बताएको छ । बिरामीमा बिस्तारै हात वा खुट्टा लत्रने, शरीरमा नदुख्ने घाउ देखापर्ने हुँदै अन्तमा बिरामी सामान्य कामसमेत गर्न नसक्ने हुन्छन् ।
सरकारले यो रोग निवारणको घोषणा गरेको नौ वर्ष बितिसक्दा गत वर्ष रोगको प्रकोप शून्य दशमलव ९९ प्रतिशत थियो । वर्षेनी कुष्ठरोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । रोग निवारण भइसकेको भन्दै सरकार र गैरसरकारी संस्थाले भने यस क्षेत्रमा लगानी कम गर्दै गएका छन् । हावाबाट सर्ने रोग भएपनि रोगको किटाणु शरीरमा प्रवेश गर्दा ९५ प्रतिशतलाई रोग प्रतिरोधी क्षमताले काम गर्ने हुँदा बाँकी पाँच प्रतिशतलाई मात्रै रोग सर्न सक्छ । रासस
News Desk 0 response शुक्रबार, माघ १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



