

-
काठमाडौँ । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिता आगामी फागुनमा गरिने भएको छ । आगामी फागुन ३ गते हुने एकदिने उक्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १० किमी, वाकाथन पाँच किमी र छात्रछात्रा दौड पाँच किमी गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेना जनसम्पर्क तथा सूचना विभाग निर्देशक विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।
म्याराथनमा पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् भने अन्य विधामा महिला तथा पुरुष दुवै खेलाडीले सहभागिता जनाउनेछन् । त्यसैगरी हाफ म्याराथनमा ४५ वर्षसम्म र ४५ वर्षमाथि उमेर समूहका धावकले सहभागिता जनाउन पाउनेछन् । दश किमी दौडमा सैनिक सहचारी, सैनिक अधिकृत तथा गैरसैनिक धावकले सहभागिता जनाउनेछन् भने वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती उच्च पदाधिकारी र विदेशीको सहभागिता रहनेछ ।
त्यसैगरी पाँच किमी दौडमा सैनिक महाविद्यालय तथा उपत्यकाभित्र कक्षा ७ देखि १२ सम्म अध्ययनरत छात्रछात्रा तथा सकल दर्जाका छोराछोरीले पनि सहभागिता जनाउन पाउने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताअन्तर्गत म्यारथनमा पहिलो हुने खेलाडीले रु एक लाख २५ हजारका साथै एक थान मोटरसाइकल पाउनेछ । त्यसैगरी दोस्रो हुने खेलाडीले रु ६५ हजार, तेस्रोले रु ३५ हजार, चौथोले रु २५ हजार, पाँचौँले रु १५ हजार, छैँटौँले रु १० हजार, सातौँले रु सात हजार, आठौँले रु पाँच हजार, नवौँले रु तीन हजार तथा दशौँ हुने खेलाडीले रु दुई हजार प्राप्त गर्नेछन् ।
हाफ म्याराथनअन्तर्गत ४५ वर्षसम्मको उमेर समूहमा पहिलो हुने खेलाडीले रु ५० हजार, दोेस्रोले रु ३५ हजार तथा तेस्रो हुने खेलाडीले रु २५ हजार प्राप्त गर्नेछन् । सोही स्पर्धाअन्तर्गत ४५ वर्ष माथि उमेर समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पाउनेछन् । दश किमीतर्फको दौडमा पहिलो हुने खेलाडीले रु १० हजार, दोस्रोले रु सात हजार र तेस्रो हुने खेलाडीले रु पाँच हजार प्राप्त गर्नेछन् । वाकाथनमा भने मेडल, प्रमाणपत्र र ट्र्याकसुट प्रदान गरिनेछ । पाँच किमी दौडमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पाउनेछन् । रासस
News Desk 0 response बिहिबार, माघ १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



