

-
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गङ्गालाल हृदयरोग केन्द्रमा उपचार गर्न आउने बिरामीको लागि निःशुल्क अक्सिजन उपलब्ध गर्न अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । केन्द्रको २४ औँ स्थापना दिवस तथा शहीद सप्ताहको कार्यक्रम पारेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रदेशसभा सदस्य दीपक निरौलाको रोहबरमा सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताबमोजिम केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खरीद खुला प्रतिस्पर्धाबाट गर्नुपर्नेछ । यसरी गरिएको बोलपत्रबाट छनोट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैंक खातामा पठाइदिनेछ । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मतसम्भार गर्ने जिम्मेवारी केन्द्रको हुनेछ ।
कामपाले केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट छुट्याएको छ । सो अवसरमा रक्षामन्त्री पोखरेलले स्वास्थ्य संस्थाको सहयोगमा नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन गरिएको कामको सराहना गर्नुभयो । महानगरले सकेको आफैँ र नसकेका ठाउँमा सक्नेको सहयोगमा काम गरे दिगो हुन्छ भन्दै उपप्रधानमन्त्री पोखरेलले यसलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
कामपाका प्रमुख शाक्यले रोगको उपचारका लागि मात्र नभई रोग लाग्नै नदिनका लागि पनि कार्यक्रम अघि बढ्ने बताउँदै नागरिकको दैनिक समस्यासँग जोडिने हरेक ठाउँमा सक्ने सहयोग गर्न महानगर सदैव तयार छ भन्नुभयो । प्रमुख शाक्यले काठमाडौँका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवद्र्धन र उद्यान निर्माणका लागि रु एकएक करोड सहयोग उपलब्ध गराएको, प्रवद्र्धनात्मक तथा उपचारात्मक स्वास्थ्य सेवाका लागि नेपाली सेना, कान्ति बाल अस्पताललगायतसँग सहमति गरेको तथा शहरी सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य गरेको जानकारी दिनुुभयो ।
कामपाको यही माघ ८ गते शहीद सप्ताह सञ्चालनका लागि बसेको बैठकले शहीदका सम्झनामा उद्यान, मानव सेवा आश्रम र अक्सिजन प्लान्ट सञ्चालन गर्ने निर्णयअनुरुप सो काम अघि बढाइएको हो । बैठकको निर्णयमा कामपाले शहीद धर्मभक्त माथेमाका स्मृतिमा वडा २३ ॐ बहालमा उद्यान निर्माण गर्ने र ‘शहीद धर्मभक्त मानव सेवा आश्रम’ सञ्चालन गर्ने तथा गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको केन्द्रमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गर्ने थियो । विसं १९९७ मा शहादत प्राप्त शहीदले प्राणदण्ड पाउनुभएका स्थानमा कामपाले यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस
News Desk 0 response बुधबार, माघ १५, २०७६


सम्बन्धित शीर्षकहरु

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न मन्त्रालयको आग्रह
बिहिबार, फाल्गुन १५, २०८१-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
सोमवार, चैत्र १०, २०८१ -
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा..
सोमवार, चैत्र १०, २०८१ -
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
सोमवार, चैत्र १०, २०८१ -
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा..
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१