

-
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गङ्गालाल हृदयरोग केन्द्रमा उपचार गर्न आउने बिरामीको लागि निःशुल्क अक्सिजन उपलब्ध गर्न अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । केन्द्रको २४ औँ स्थापना दिवस तथा शहीद सप्ताहको कार्यक्रम पारेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रदेशसभा सदस्य दीपक निरौलाको रोहबरमा सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताबमोजिम केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खरीद खुला प्रतिस्पर्धाबाट गर्नुपर्नेछ । यसरी गरिएको बोलपत्रबाट छनोट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैंक खातामा पठाइदिनेछ । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मतसम्भार गर्ने जिम्मेवारी केन्द्रको हुनेछ ।
कामपाले केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट छुट्याएको छ । सो अवसरमा रक्षामन्त्री पोखरेलले स्वास्थ्य संस्थाको सहयोगमा नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन गरिएको कामको सराहना गर्नुभयो । महानगरले सकेको आफैँ र नसकेका ठाउँमा सक्नेको सहयोगमा काम गरे दिगो हुन्छ भन्दै उपप्रधानमन्त्री पोखरेलले यसलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
कामपाका प्रमुख शाक्यले रोगको उपचारका लागि मात्र नभई रोग लाग्नै नदिनका लागि पनि कार्यक्रम अघि बढ्ने बताउँदै नागरिकको दैनिक समस्यासँग जोडिने हरेक ठाउँमा सक्ने सहयोग गर्न महानगर सदैव तयार छ भन्नुभयो । प्रमुख शाक्यले काठमाडौँका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवद्र्धन र उद्यान निर्माणका लागि रु एकएक करोड सहयोग उपलब्ध गराएको, प्रवद्र्धनात्मक तथा उपचारात्मक स्वास्थ्य सेवाका लागि नेपाली सेना, कान्ति बाल अस्पताललगायतसँग सहमति गरेको तथा शहरी सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य गरेको जानकारी दिनुुभयो ।
कामपाको यही माघ ८ गते शहीद सप्ताह सञ्चालनका लागि बसेको बैठकले शहीदका सम्झनामा उद्यान, मानव सेवा आश्रम र अक्सिजन प्लान्ट सञ्चालन गर्ने निर्णयअनुरुप सो काम अघि बढाइएको हो । बैठकको निर्णयमा कामपाले शहीद धर्मभक्त माथेमाका स्मृतिमा वडा २३ ॐ बहालमा उद्यान निर्माण गर्ने र ‘शहीद धर्मभक्त मानव सेवा आश्रम’ सञ्चालन गर्ने तथा गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको केन्द्रमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गर्ने थियो । विसं १९९७ मा शहादत प्राप्त शहीदले प्राणदण्ड पाउनुभएका स्थानमा कामपाले यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस
News Desk 0 response बुधबार, माघ १५, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



