-
काठमाडौँ । नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरिएको छ । अस्पतालले देशभर बढ्दै गएकोे बाथरोगलाई मध्यनजर गर्दै मङ्गलबार नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरेको हो ।
नवनिर्मित सेन्टरको शुभारम्भ कार्यक्रममा प्रदेशसभा सदस्य केशव पोखरेलले निजी क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले तीनवटै सरकारको उच्च प्राथमिकतामा स्वास्थ्य र शिक्षा क्षेत्र परेको बताउँदै निजी क्षेत्रमा सञ्चालित अस्पतालले समेत गरिब जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पछिल्लो समय कोरोना भाइरसले भयावह रूप लिँदै गएको बताउँदै उक्त रोगको उपचारका लागि अस्पताल तम्तयार अवस्थामा बस्नुपर्ने बताउनुभयो ।
अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले गुणस्तरीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको बताउनुभयो । अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेलले देशभर ३० लाखभन्दा बढी व्यक्ति बाथरोगबाट पीडित भएको बताउँदै बाथका रोगीलाई सहज उपचार गराउन अस्पतालले बाथरोग सेन्टरको स्थापना गरेको बताउनुभयो । वरिष्ठ बाथरोग विशेषज्ञ डा विनित वैद्यले नेपालमा बर्सेनि बाथरोगका बिरामी बढ्दै गएकाले यसको उपचारका लागि उक्त सेन्टर स्थापना गर्नुपरेको उल्लेख गर्नुभयो ।
पाँच वर्ष पहिला स्थापना भएको अस्पतालले केही महिना अघिमात्र टेलिमेडिसिन सेवाको समेत शुभारम्भ गरेर दुर्गम क्षेत्रका बिरामीलाई समेत सेवा प्रदान गर्दै आइरहेको छ । रासस
News Desk 0 response बुधबार, माघ १५, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३