-
काठमाडौँ । नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरिएको छ । अस्पतालले देशभर बढ्दै गएकोे बाथरोगलाई मध्यनजर गर्दै मङ्गलबार नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरेको हो ।
नवनिर्मित सेन्टरको शुभारम्भ कार्यक्रममा प्रदेशसभा सदस्य केशव पोखरेलले निजी क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले तीनवटै सरकारको उच्च प्राथमिकतामा स्वास्थ्य र शिक्षा क्षेत्र परेको बताउँदै निजी क्षेत्रमा सञ्चालित अस्पतालले समेत गरिब जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पछिल्लो समय कोरोना भाइरसले भयावह रूप लिँदै गएको बताउँदै उक्त रोगको उपचारका लागि अस्पताल तम्तयार अवस्थामा बस्नुपर्ने बताउनुभयो ।
अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले गुणस्तरीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको बताउनुभयो । अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेलले देशभर ३० लाखभन्दा बढी व्यक्ति बाथरोगबाट पीडित भएको बताउँदै बाथका रोगीलाई सहज उपचार गराउन अस्पतालले बाथरोग सेन्टरको स्थापना गरेको बताउनुभयो । वरिष्ठ बाथरोग विशेषज्ञ डा विनित वैद्यले नेपालमा बर्सेनि बाथरोगका बिरामी बढ्दै गएकाले यसको उपचारका लागि उक्त सेन्टर स्थापना गर्नुपरेको उल्लेख गर्नुभयो ।
पाँच वर्ष पहिला स्थापना भएको अस्पतालले केही महिना अघिमात्र टेलिमेडिसिन सेवाको समेत शुभारम्भ गरेर दुर्गम क्षेत्रका बिरामीलाई समेत सेवा प्रदान गर्दै आइरहेको छ । रासस
News Desk 0 response बुधबार, माघ १५, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१
-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१