-
दार्चुला । अपी हिमाल गाउँपालिकाले आमाको पोषण सुधारका लागि भन्दै सुत्केरी हुने महिलालाई रु एक हजार प्रोत्साहन भत्ता दिने भएको छ । यही फागुन १ गतेदेखि असार मसान्तसम्म सुत्केरी तथा गर्भवती हुने हरेक आमालाई पोषणमा सुधार ल्याउने उद्देश्यले प्रोत्साहन रकम दिने भएको हो ।
अपी हिमाल गाउँपालिकाको गाउँसभाले आमा सुरक्षाका लागि प्रोत्साहन रकम दिने निर्णय पारित गरेको गाउँपालिका प्रवक्ता रवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । अहिलेलाई सुत्केरी आमा प्रोत्साहन कार्यक्रमका लागि रु एक लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष उर्मिला बोहराले जानकारी दिनुभयो । सुत्केरी तथा गर्भवती महिलालाई पोषण स्वास्थ्यमा सुधार ल्याउन अहिले थोरै बजेटको शुरुआती गरिएको भएपनि आगामी वर्षदेखि कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।
अपी हिमाल गाउँपालिका स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाभरि फागुनदेखि असारसम्म झण्डै ६० जना गर्भवती तथा सुत्केरी महिला रहेको स्वास्थ्य शाखा संयोजक राजेन्द्रसिंह धामीले बताउनुभयो । गाउँसभाले पदाधिकारीको पोसाक भत्ताका लागि छुट्याइएको बजेटलाई रकमान्तर गरी सो बजेटमार्फत अपाङ्ग, ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्ने तथा गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको छ । रासस
News Desk 0 response मङ्लबार, माघ १४, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१भारतको कर्नाटकमा दुई जना बालबालिकामा (एचएमपीभी) सङ्क्रमण पुष्टि
सोमवार, पुस २२, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१