-
मङ्गलबारे । इलामको रोङगाउँबाट स्वस्थ्य जीवन प्रवद्र्धन अभियान शुरु भएको छ । प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो अभियानअन्तर्गत जीवनशैली परिर्वतनका लागि योग तथा आयुर्वेदको प्रयोग, टोल समुदाय सरसफाइ, मातृशिशु सुरक्षा, पोषणमा स्थानीय उत्पादनलाई जोड दिने खालका कर्यक्रम समावेश गरिएको छ । त्यस्तै अभियानअन्तर्गत नै सुर्तीजन्य पदार्थ नियन्त्रण, मदिरा न्यूनीकरण, सर्ने र नसर्ने रोग व्यवस्थापनका साथै आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन गर्ने बताइएको छ ।
पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगका बिरामी बढी भएका कारण यससँग सम्बन्धित जानकारीसमेत सो अवसरमा गराइने छ । नसर्ने रोगको प्रकोप बढ्दो रहेकाले जीवनशैली, खानपान र व्यवहार परिर्वतनका साथै स्वास्थ्यको दिगो विकास लक्ष्यका सूचक प्राप्तिका लागि स्वास्थ्य प्रवद्र्धनका क्रियाकलाप जरुरी रहेकाले अभियान शुरु गरिएको मेची अञ्चल आयुर्वेद अस्पतालका प्रमुख तीर्थ आचार्यले बताउनुभयो । रोङ गाँउपालिकाको ३ नं वडाबाट सोमबार यस कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो ।
अभियानअन्तर्गत प्रतिबद्धतापत्रमा गाउँपालिकाका अध्यक्ष शम्शेर राई, विद्यार्थी, अभिभावक, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतले हस्ताक्षर गर्दै जीवनशैली परिवर्तन गर्ने बताउनुभएको छ । यसै कार्यक्रमअन्तर्गत सातदिने स्वास्थ्य शिविरसमेत शुरु गरिएको छ । शिविरमा शारीरिक उचाइअनुसारको तौलको अनुपात जाँच गर्ने, दैनिक क्यालोरी सिट दिने र आफैँ सामान्य बिरामीको जाँच गर्न सक्नेजस्ता पद्धति स्थानीयवासीलाई जानकारी गराइने बताइएको छ । रासस
News Desk 0 response मङ्लबार, माघ १४, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३