

-
जुम्ला । तातोपानी गाउँपालिका–२ जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमाईँले पैसा नभएपछि स्तन क्यान्सरको उपचार गराउन सक्नुभएको छैन । उहाँ तीन वर्षदेखि क्यान्सरको पीडाले छटपटिइरहनुभएको छ । “पहिले सानो घाउ थियो, त्यही बेला उपचार भएको भए पीडा खेप्नुपर्ने थिएन होला । घरमा कोही पनि पढेलेखेका नहुँदा आफ्नो समस्याप्रति वास्तै गरिएन ।”उहाँले गहभरि आँशु पार्दै भन्नुभयो । भारतमा उपचार गर्न जाँदा क्यान्सर भएको र शल्यक्रिया गर्नुपर्छ भनेपछि पैसाको अभावले उहाँलाई फर्काइएको आफन्तले जनाएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः उपचारका लागि लैजाँदा जुम्लामा उपचार सम्भव जानकारी दिइएको थियो । उहाँकी जेठो नाति कैलाश दमाईले भन्नुभयो, “ उपचार भारतको लखनऊमा हुन्छ भनेका छन् । त्यसका लागि करीब रु तीन/चार लाख रकम लाग्छ । केही रकम आफूले छुट्याएपछि केही प्रतिष्ठानले सहयोग गर्ने भनेको छ । तर घरको सबै धन सम्पत्ति बेच्दा पनि रु तीन/चार लाख रकम पुग्दैन । कसरी हजुरआमाको उपचार गरौँ । ”
उहाँका श्रीमान् खड्के दमाईको २० वर्ष पहिला मृत्यु भएको थियोे । उहाँको पीडामा मल्हम लगाउन अघिपछि कोही पनि छैनन् । घरमा रहेका तीन नातिको दयनीय अवस्थाले उहाँको उपचार सम्भव भएन । “घरमा छ महिना खाना पनि धौधौ छ, अब मर्नुको विकल्प छैन उहाँले भन्नुभयो,“ बाँच्ने रहर हुँदा पनि आर्थिक अभावले म गल्दै छु । सरकारले दिने गरेको सामाजिक सुरक्षाभत्ताले औषधि किन्नै ठिक्क छ । दुखाइले नछटपटिएको कुनै दिनरात छैन ।” रासस
News Desk 0 response आइतवार, माघ १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



