-
चितवन । रोटरी क्लब अफ रत्ननगरले आज आयोजना गरेको राष्ट्रिय मिनी म्याराथोनको उपाधि सशस्त्र प्रहरीका गोपालचन्द्र पार्कीले हात पार्नुभएको छ । प्रतियोगितामा उहाँले निर्धारित १५ दशमलब चार किलोमिटर दूरी ४२ मिनेट ३५ सेकेन्डमा पार गर्नुभएको थियो ।
यस्तै दोस्रो स्थानमा भरतीय सेनामा कार्यरत अनिष थापामगर र तेस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी रहनुभएको छ । उहाँहरुले क्रमशः ४२ मिनेट ४१ सेकेन्ड र ४४ मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभयो ।
नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रियस्तरको रोटरी मिनी म्याराथोन प्रतियोगिता गरिएको हो । क्लबका अध्यक्ष बिपिन पोख्रेलका अनुसार राप्ती नगरपालिकाको भण्डारादेखि शुरु भएको म्याराथोन रत्ननगरको स्टार बैङ्क्युट होटलमा आएर सम्पन्न भएको थियो ।
प्रतियोगितामा विभागीय धावक नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा चेपाङ धावक र विदेशीसहित ३५२ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार नगदसहित चाँदीको मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगितामा दश नम्वरसम्म आउने धावकलाई रु एक हजार नगदले सम्मान गरिएको छ । त्यसैगरी प्रतियोगिता पूरा गर्ने ४४ महिला धावकलाई नगद रु पाँच हजारले सम्मान गरिएको क्लबका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको रोटरी ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी र मिस नेपाल अर्थ रीया बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा गरिएको यस कार्यक्रमले राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा भ्रमण वर्षको सन्देश प्रवाह गरेको क्लबका अध्यक्ष पोख्रेलले बताउनुभयो । क्लबका सदस्य र दाताको सहयोगमा कार्यक्रम गरिएको हो । रासस
News Desk 0 response शनिबार, माघ ११, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्लाको बराबरी
आइतवार, माघ ६, २०८११९ वर्षमुनिको महिला टी–२० विश्वकप : नेपाल बङ्गलादेशसँग पराजित
शनिबार, माघ ५, २०८१एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
बुधबार, माघ २, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१