

-
काठमाडौँ । युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गर्नुभएको छ । जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उहाँले सो उपाधि हात पार्नुभयो ।
काठमाडौँ चन्द्रागिरि नगरपालिका गर्जुधारामा स्थायी घर भएका २१ वर्षीय उहाँ हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् । उहाँ जापानमा ‘हिमालयन चितुवा’को नामले परिचित हुनुहुन्छ । उहाँले पछिल्लो समय किक बक्सिङ स्पर्धामा निरन्तर आफ्नो पक्षमा जित हासिल गर्दै आइरहनुभएको छ । उहाँले हालसम्म १५ अन्तराष्ट्रिय स्पर्धामा विजयी हुनुभएको जनाइएको छ ।
उहाँ नागोया शहरमा रहेर नेपालको तर्फबाट किक बक्सिङमा व्यावसायिक खेल खेल्दै आउनुभएको छ । उहाँ पछिल्लो समय नेपाल भ्रमण वर्ष–२०२० को समेत प्रचार अभियानमा समेत जुट्नुभएको छ । बक्सर देव घिमिरेबाट अविरलले बक्सिङको विशेष प्रशिक्षण प्राप्त गर्नुभएको थियो । उपाधि हासिल गरेपछि अविरलले भन्नुभयो, “अगामी दिनमा अझ मैदानमा कडा रुपमा उत्रिन्छु । यो जित सबै नेपालीको हो ।” रासस
News Desk 0 response शुक्रबार, माघ १०, २०७६


सम्बन्धित शीर्षकहरु

नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्खलामा लगातार चौथो हार
मङ्लबार, माघ २२, २०८१-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१