-
दैलेख । जिल्ला अस्पताल कार्यालय दैलेख देशभरका अस्पतालको न्यूनतम सेवा मापदण्डमा दोस्रो उत्कृष्ट अस्पतालको सूचिमा परेको छ । देशभरका ८४ जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्डबारे गरिएको सर्वेक्षणका आधारमा दैलेख जिल्ला अस्पताल ९२ प्रतिशत अङ्क ल्याएर उत्कृष्ट सेवा प्रवाह गर्ने अस्पतालमा परेको हो ।
चौरानब्बे प्रतिशत अङ्क ल्याएर सिन्धुली अस्पताल पहिलो भएको छ । ९० प्रतिशत हाराहारीमा अङ्क ल्याएर गुलरिया अस्पताल र मातृ शिशु मितेरी अस्पताल उत्कृष्ट अस्पतालमा परेका छन् । ८४ अस्पतालमध्ये दैलेख दोस्रो उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा परेको हो ।
जिल्ला अस्पताल दैलेखमा विगत तीन वर्षअघिदेखि प्रमुखको जिम्मेवारी पाएसँगै अस्पताल क्षेत्रमा देखिएका धेरै समस्याको समाधानमा लाग्नुभएको डा नीरञ्जन पन्तले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने औजार, उपकरण, बिरामी बस्ने श्यया थप्नेदेखि धेरै सुधारका काम गरेको बताउनुभयो ।
पन्ध्र श्ययाको स्वीकृति पाएको जिल्ला अस्पताल दैलेखलाई प्रदेश सरकारले यो वर्षबाट ५० श्ययाको बनाएको भए पनि घोषणा गर्नु अगाडि विगत दुई वर्षदेखि दैलेखमा ५२ श्ययामा उपचार सेवा प्रदान हँुदै आएको छ । अस्पतालबाट बालबालिकाका लागि छुट्टै सेवा प्रदान हुँदै आएको छ । अक्सिजन सेवा र आकस्मिक सेवा निरन्तर सञ्चालनमा छ । अस्पतालमा नियमितरुपमा विशेषज्ञ सुत्केरी सेवा सञ्चालन हुँदै आएको छ । डा पन्त आफँै विशेषज्ञ भएकाले पनि काममा धेरै सहजता देखिएको छ । हरेक वर्ष १०० बढी हर्निया, हाइड्रोसिलजस्ता बिरामीको प्रमुख शल्यक्रिया गर्ने गरेको डा नीरञ्जन पन्तले जानकारी दिनुभयो । प्रयोगशालामा उत्कृष्ट सेवा प्रदान गरिएको छ । डिजिटल एक्स–रे, अल्ट्रासाउण्ड, हाई केयर युनिट, दाँत सेवालगायतका सेवा जिल्ला अस्पताल दैलेखबाट प्रदान गरिँदै आएको छ । बिरामीका लागि दुई वटा एम्बुलेन्स पनि सञ्चालन गरिएको छ ।
स्वास्थ्य सेवा प्रभावकारी बनाउन सामाजिक स्वास्थ्य एकाइ गठन गरिएको छ । असहाय, गरिब, विपन्न समुदायका नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । यसका लागि रु १५ लाख रकम विनियोजन गरिएको दैलेख जिल्ला अस्पतालका अध्यक्ष लोमन शर्माले जानकारी दिनुभयो । बिरामीका लागि यातायात, उपचार खर्चबारेमा जिल्ला अस्पतालले सेवा प्रदान गरेको छ ।
विभिन्न खाले महिला हिंसा र विपतमा परेका नागरिकका लागि पनि छुट्टै सेवा प्रवाह गरेको जिल्ला अस्पताल दैलेखका प्रमुख डा नीरञ्जन पन्तले जानकारी दिनुभयो । नेपालका ठूला अस्पतालमा प्रदान गरिने ल्याब सेवा दैलेखमा शुरु गरिएको छ । उहाँले भन्नुभयो, “प्यारालाइसिस भएका बिरामीसँगै अन्य हाडजोर्नी र नशासम्बन्धी समस्या भएका नागरिकका लागि फिजियो थेरापीको शुरुआत गरिने भएको छ । बिरामीलाई प्रदान गर्ने खानाको दैनिकरुपमा निरीक्षण गर्दै अझै प्रभावकारी बनाउने अभियान थालिएको छ ।” अब केही महिनाभित्रै इलेक्ट्रोनिक मेडिकल रिपोर्ट निकाल्ने तयारी थालिएको छ ।
जिल्ला अस्पताल कार्यालयले स्वास्थ्य तथा सरसफाइलाई समेत प्राथमिकताका साथ अगाडि बढाएको र इमरजेन्सी सेवालाई समेत प्रभावकारी बनाउँदै उपचारका लागि सबै डाक्टर एकजुट भएर उपचार गर्ने गरेको अहेव नमराज सुवेदीले बताउनुभयो । पचास श्ययाको अस्पताल निर्माणका लागि प्रदेश सरकारले यो वर्ष रु दुई करोड रकम विनियोजन गरेको छ । रासस
News Desk 0 response शुक्रबार, माघ १०, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१