-
कञ्चनपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताउनुभएको छ ।
शुक्लाफाँटा नगरपालिका–४ असैना स्वास्थ्यचौकीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र बन्दैन भन्नुभयो । पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै उहाँले सरकारबाट औजार, भवन, चिकित्सक, औषधिलगायत के कुरा चाहिएको हो, ठोस प्रस्ताव लिएर आउनु होस्, त्यो पूरा गर्न आफू तयार रहेको छु भन्नुभयो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका ढकालले नयाँ संविधान बनेपछिको निर्वाचित सरकारले २४२ नयाँ कानून बनाएको बताउँदै महिलाका लागि अंशवंशको कानून बनाइएको र त्यसलाई व्यवस्थित गरिने, दलित समुदायका लागि जग्गा दिने कुरा कानूनमै उल्लेख गरिएकाले जग्गाको मालिक बनाएर नै छाड्ने दृढता व्यक्त गर्नुभयो । अपराधी पत्ता नलाग्दासम्म क्षतिपूर्ति पाउनेसम्मको कानून निर्माण गरिएको पनि उहाँले बताउनुभयो ।
“सुकुम्वासी समस्या समाधानका लागि भूमिसम्बन्धी कानून बनेको छ”, उहाँले भन्नुभयो, “जुन ठाउँमा वर्षौंदेखि बस्नुभएको छ । नडराइकन बस्नोस् । अधिकार सम्पन्न आयोग बनाएर जनताका हातमा जग्गाधनी पूर्जा उपलब्ध गराउँछौँ ।” सो अवसरमा प्रतिनिधिसभाका सदस्य नरबहादुर धामीले पिपलाडी स्वास्थ्यचौकीको स्तरोन्नति गरी अस्पताल बनाउनका लागि तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत चालु आवमा रु २५ लाख बजेट विनियोजन भइसकेकाले सो कार्य अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस
News Desk 0 response बुधबार, माघ ८, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१-
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१
-
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१ -
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१