-
काठमाडौँ । काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही हुनुभएको छ । पहिलो पटक मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यले उपकरण सञ्चालन गर्दै सेवा शुरु गर्नुभएको हो ।
यस प्रकारको सेवा सञ्चालन गर्न गएको पुस २ गते नेपाली सेना र कामपाबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले नेपाली सेनालाई रु तीन करोड उपलब्ध गराउने छ ।
महानगर प्रमुख शाक्यले सेवा शुरु भएपछि महानगरले अवलम्बन गरेको जनस्वास्थ्य नीति तथा योजनाअनुसार उपचारात्मक पद्धतिसँगै प्रवद्र्धनात्मक स्वास्थ्य कार्यक्रम पनि अघि सारिएको बताउनुभयो । एम्बुलेन्समा चढेका बिरामीले तत्काल प्राथमिक र आकस्मिक सेवा पाउन् भनेर नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेको पनि उहाँको भनाइ थियो ।
शाक्यले भन्नुभयो, “शहरी पूर्वाधार निर्माण तथा विकास व्यवस्थापन र सम्पदा संरक्षणसँगै मानवीय सेवाका काममा हामीले निरन्तर सहयोग गरिरहेका छौँ । अस्पतालमा गरिब र निमुखा जनताले सरल सेवा प्राप्त गर्न सकुन् भन्ने हेतुले हामीले स्वास्थ्य सेवा सञ्चालन गरिरहेका अस्पतालहरुसँग सहकार्य गरेका हौँ ।”
सम्झौताबमोजिम मिर्गौला बिरामीका लागि हेमोडाइलासिस सेवासँगै वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी ज्येष्ठ नागरिकका लागि ओपीडी सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ । थप उपकरण र जनशक्तिको व्यवस्थापन हुनुअघि पहिलो चरणमा महानगरको वडाबाट विपन्नताको र जनस्वास्थ्य महाशाखाबाट उपचारको सिफारिस प्राप्त गरेका बिरामीलाई अस्पतालबाट हेमोडाइलासिस सेवा उपलब्ध हुनेछ ।
थप उपकरण र जनशक्ति नथपुञ्जेल अहिलेका लागि अस्पतालमा भएकै स्रोत साधनबाट एक सिफ्ट थप गरी प्रति दिन नौ देखि १२ जना बिरामीका लागि हेमोडाइलासिस सेवा दिइनेछ । त्यसलाई वृद्धि गर्दै भौतिक पूर्वाधारलगायतका स्रोत साधन थपेपछि सेवा थप विस्तार गर्दै लगिने अस्पतालले जानकारी गराएको छ ।
महानगरले शहरी स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि अन्य स्वास्थ्य संस्थाहरुसँग पनि सहकार्य गरिरहेको छ । रगतमा भएका तत्व छुट्याउने प्रणाली जडान गर्न कान्ति अस्पतालसँग यसअघि सम्झौता भइसकेको छ भने अक्सिजन प्लान्ट स्थापना गर्न गङ्गालाल हृदय रोग केन्द्रसँग सम्झौता गर्ने तयारी कामपाको छ ।
सेवा शुभारम्भका अवसरमा वडा नं. १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डङ्गोल, शहरी योजना आयोगका सदस्यहरु गुजेश्वरी श्रेष्ठ र सजीव शाक्य, जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रविलास बज्राचार्य, सैनिक स्वास्थ्य महानिर्देशनालयका निर्देशक उपरथी सुनिल सिंह, वीरेन्द्र अस्पताल छाउनीका महासेनानी अजयराज भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस
News Desk 0 response बुधबार, माघ ८, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१भारतको कर्नाटकमा दुई जना बालबालिकामा (एचएमपीभी) सङ्क्रमण पुष्टि
सोमवार, पुस २२, २०८१-
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१ -
कर्णालीको अदुवा र बेसार युरोपमा
सोमवार, पुस २९, २०८१
-
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१ -
कर्णालीको अदुवा र बेसार युरोपमा
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१