

-
तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव देखिएको छ । स्वास्थ्य केन्द्रमा सामान्य औषधि पनि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य छन् । पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसको आकर्षण बढ्दै गएको अवस्थामा स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्कने गरेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले बताउनुभयो ।
आर्थिक वर्ष २०७५/७६ शुरु हुनु अगाडिदेखि नै औषधि अभाव थियो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेश सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि औषधिको कुनै व्यवस्था हुन सकेन ।” केही दिनअघि सम्पर्क गरी यस विषयमा बुझ्दा प्रदेश सरकारबाट बोलपत्र भएर औषधि दाखिला प्रक्रियामा रहेकाले केही दिनभित्रै औषधिको व्यवस्था हुने आश्वासन पाएको उहाँले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य सुविधा पाउँदै आएका सेवाग्राहीले स्वास्थ्य परीक्षणपश्चात बाहिरका आयुर्वेदिक पसलमा गएर औषधि किन्नुपरेको छ ।
आफू सरुवा भएर आएको डेढ महिनाको अवधिमा बिरामीको सङ्ख्या शून्य अवस्थामा रहेको कार्यालय प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिनुभयो । “कार्यालयबाट प्रदान गरिने सेवा–सुविधा नभएपछि बिरामीको आकर्षण घटेको रहेछ”, उहाँले भन्नुभयो, “बिरामीको सङ्ख्या कम्तीमा ५० पुर्याउने लक्ष्य लिएर काम गर्दा हाल दैनिक ४० देखि ४५ जना बिरामी उपचारका लागि आउने गरेका छन् ।”
उपचारमा आउने बिरामीलाई पञ्चकर्म विधि (औषधिको बाफ लगाएर दुखेको ठाउँमा सेकताप गरिने विधि) थालिएसँगै बिरामीको आकर्षण बढ्न थालेको उहाँको जिकिर थियो । पञ्चकर्म विधिमार्फत उपचार गर्दा ६० प्रतिशत रोगलाई निको बनाउँछ । स्रोत साधनको कमीका कारण सोचेअनुरूपको सेवा दिन नसके पनि कार्यालयमा योगाभ्यास गराउने, चिन्तामूलक समाज बनाउन सोही किसिमको परामर्श सेवा दिने गरेको उहाँले बताउनुभयो । क्षारसूत्र शल्यक्रिया, जलौका चिकित्सामार्फत फिष्टुला, फिसर र अश्रअङ्कुरको सफल विधिबाट उपचार थालिएको छ ।
उक्त स्वास्थ्य केन्द्रमा अम्लपित्त, स्त्रीरोग, नशा, छाला, पायल्सलगायतका समस्याका बिरामी बढी मात्रामा आउने गरेका छन् । प्रदेश सरकारले शल्यक्रियाकक्ष र व्यवस्थापन शीर्षकमा विनियोजन गरेको रु नौ लाखबाट सामान खरीद गरी व्यवस्थापन गरिए पनि प्राविधिक जनशक्ति अभावमा सञ्चालनमा ल्याउन नसकिएको उहाँले जानकारी दिनुभयो । सबै क्षेत्रको साथ र सहयोग पाएको अवस्थामा यस जिल्लाको आयुर्वेद स्वास्थ्य केन्द्रलाई गण्डकी प्रदेशकै नमूना आयुर्वेद स्वास्थ्य केन्द्र बनाउने योजना रहेको उहाँले बताउनुभयो । रासस
News Desk 0 response मङ्लबार, माघ ७, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



