

-
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । यहाँस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रद्वारा गत शुक्रबारदेखि आइतबारसम्म सञ्चालित शिविरमा दुई हजार ३५० लाभान्वित भएका हुन् ।
प्रसूतितर्फ ४३६, छालातर्फ १०४, श्वासप्रश्वासतर्फ ६४९, भिडियो एक्सरेतर्फ २३०, नाक, कान, घाँटीतर्फ १३७, इसिजीतर्फ १२२, हाडजोर्नीतर्फ ३९६, बालरोगतर्फ ५६ र आँखातर्फ २२० विरामीले सेवा लिएको केन्द्रका लेखापाल वासुदेव दाहालले जानकारी दिनुभयो ।
शिविरमा विभिन्न अस्पतालमा कार्यरत ३५ विशेषज्ञ चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो । तनहुँका साथै स्याङ्जाका सर्वसाधारणले सेवा लिएका थिए । स्याङ्जाको हरिनास गाउँपालिका–३ निवासी कुमारी कोइरालाले छिमेकी जिल्लाको अस्पतालबाटै विशेषज्ञसहितको निःशुल्क सेवा पाउँदा सहज भएको बताउनुभयो ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको शिविर सफल सम्पन्न भएको उपचार केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीयस्तरबाट सञ्चालित सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनबाट गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्योपचारको सेवा सञ्चालन भइरहेको छ ।
अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिका सहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका बासिन्दा सेवा लिन आउँछन् ।
पच्चिस श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्यास्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । यसबाहेक सो उपचार केन्द्रमा सुत्केरी गराउनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।
दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले नै केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा झरौटामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ । रासस
News Desk 0 response सोमवार, माघ ६, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



