

-
दमौली । लागुऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि तनहुँको व्यास नगरपालिकामा कानूनी तथा मनोसामाजिक परामर्श केन्द्र स्थापना गरिएको छ । नेपाल प्रहरी र व्यास नगरपालिकाको सहकार्यमा व्यास नगरपालिकाको हाताभित्र परामर्श केन्द्र स्थापना गरिएको हो ।
केन्द्रको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शनिबार संयुुक्तरुपमा उद्घाटन गर्नुभयो । नेपाल प्रहरीको सामुदायिक प्रहरी कार्यक्रमअन्तर्गत केन्द्र स्थापना गरिएको हो । बढ्दो लागुऔषधको प्रयोगलाई रोकथाम गर्न केन्द्रले काम गर्नेछ । लागुऔषध मुद्दामा पक्राउ परेकालाई यस केन्द्रमा निःशुल्क परामर्श दिई यसको नकारात्मक असरबारे अध्ययन गराइने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।
केन्द्रको सञ्चालन गर्न व्यास नगरपालिका र नेपाल प्रहरीबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिलवाल र व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले हस्ताक्षर गर्नुभएको छ ।
सो अवसरमा व्यास नगरपालिकाका प्रमुख न्यौपानेले लागुऔषध विश्वका लागि चुनौतीपूर्ण बन्दै गएकाले यसलाई रोक्न समुदायस्तरमा नै सचेतना जगाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
प्रहरी महानिरीक्षक खनालले लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्नेको सङ्ख्या घटाउन समुदाय र विद्यालयस्तरबाटै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । लागुऔषध ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले दुव्र्यसनीमा फसेका नयाँ जीवन दिन केन्द्रले विज्ञहरुको उपस्थितिमा परामर्श दिने बताउनुभयो ।
केन्द्र सञ्चालनका लागि व्यास नगरपालिकाले दुई वटा कोठा र परामर्शदाताका लागि पारिश्रमिक उपलब्ध गराएको छ । आगामी दिनमा उक्त परामर्श केन्द्रबाट अन्य पीडामा परेका व्यक्तिलाई समेत परामर्श सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । पृथ्वीराजमार्गको ७२ किमि भाग ओगटेको तनहुँमा पनि प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ता वृद्धि हुँदै गइरहेको प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७३/७४ मा २७, ०७४/७५ मा ४० र ०७५/७६ मा ७० जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लामा दर्ता हुने कूल मुद्दामध्ये लागुऔषधको मुद्दा दोस्रो स्थानमा रहेको प्रहरीले जनाएको छ ।
गृहमन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा डेढ लाखदेखि दुई लाखसम्म लागुऔषध प्रयोगकर्ता रहेका छन् । नेपाल प्रहरीले तनहुँमा स्थापना गरेको केन्द्र तेस्रो हो । यसअघि वीरगञ्ज र चितवनमा परामर्श केन्द्र स्थापना भइसकेको छ । रासस
News Desk 0 response आइतवार, माघ ५, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



